• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय उद्घाटन

  • २. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ४. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ५. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ६. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ८. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

आठवटा गाडी फेर्दै रुकुम सम्मको सनसनीपूर्ण दुईदिने यात्रा (दोस्रो भाग)


पूर्ण ओली

Advertisement

रुकुम पश्चिम -२४, साउन ।

गाडी नम्बर दुई : चढ् मेरै बुई

मलाई आजै जसरी पनि रुकुम पुग्नै पर्ने थियो । शिक्षाको गाडीले रुकुम पुर्‍याइदेला भन्ने अब आशा थिएन । दिदीको घरबाट तुलसीपुर चोकतिर आएँ । हाइसहरू बुईभरि भारी कसेर रुकुम जानलाई तम्तयार रहेछन् । म अघिल्लो हाइसतिर लम्किएँ ।

 

“मामा ! मामा !! त्यो गाडीमा होइन, यो गाडीमा आउनुहोस् !” मलाई हात तान्न आइपुगेका व्यक्तिको अनुहार हेरेँ । चिनेचिने जस्तो त लाग्यो तर पहिले चढेकै गाडीका स्टाफ होलान् भनी परवाह गरिनँ । हात छुटाएर अघिल्लो हाइसमा चढ्न खोजेँ । अर्को किशोर आएर हात समात्दै भनेः “मामा, यो गाडी त सोलाबाङ जाँदैन । नुवाकोट जाने हो । यसमा नजानुस् आउनुस् यता ।”
म केही बेरसम्म दुबै गाडीका स्टाफहरूको तानातानमा परेँ । दुबैले आफ्नै गाडीमा चढाउन बल गरिरहेका थिए । बल्लतल्ल फुत्किएर अघिल्लो गाडीकै खाली सिटमा बसेँ । हाइसुक्ख अनुभूति भएपछि कसैको फोन आयो कि भनेर मोबाइल चेक गरेँ । देवकुमारी, अस्मिता, परिक्षित र एकजना रुकुमेली मित्रको फोन आएको रहेछ । सबैलाई पालैपालो फोन लगाएँ र पछिल्लो स्थितिको जानकारी गराएँ ।

 

रुकुमेली मित्रले भनेः “दाङमै हुनुहुँदो रहेछ । मलाई मसला आवश्यक परेकोले जसरी पनि ल्याइदिनुहोला ।”
“म त गाडी चढिसकेँ त । बाहिर पानी पनि दर्किरहेको छ । छाता पनि छैन ।”
“रुकुम आउने गाडी एकछिन रोक्न मिलिहाल्छ । बरु छाता किन्ने पैसा म दिउँला । प्लिज मसला ल्याइदिनुहोला ।”
गाडी स्टार्ट भइहाल्यो र सल्यान रोडतिर अगाडि जानुको सट्टा तुलसीपुरलाई फनक्कै एक फन्का घुमेर दुईचार जना यात्रुहरू थपेर फेरि सोही ठाउँमा आइपुग्यो र इन्जिन बन्द गरेर बस्यो ।

 

मुसलधारे पानीमा बाहिरै पर्खनुभन्दा गाडी चले पनि नचले पनि भित्रै बस्नु फाइदाजनक थियो । रुकुमेली मित्रको फोन फेरि आयोः सामान पाइयो कि पाइएन ? गाडी चालकलाई सामान किन्नको लागि हाइसबाट ओर्लनुपर्ने बताएँ । उसले छिट्टै आउनु भनेर गाडीबाट झर्न दियो । मैले छाता किनेर उनले बताए अनुसारको मसला खोज्न पसल पसलमा भौँतारिएँ । घोराही जाने बाटोको मिनिमार्टमा मात्र त्यो मसला पाइँदो रहेछ । घर फर्कँदा खल्तीमा पैसा बच्ने कुरै थिएन । सीमित मात्रामा किनेर माइक्रो बसस्टपतिर फर्कँदा निथ्रुक्कै भिजिसकेको थिएँ ।

गाडी नम्बर तीन : आफन्तलाई चिन्

गाडी अडिएको ठाउँ नजिकै आएपछि अघि मामा सम्बोधन गर्दै बोलाउने किशोरले टिठाउँदै भने, “यस्तो दशा के बनाउनुभएको हो मामा ? भनेको भए मसँग अलि ठुलो छाता थियो, त्यही दिने थिएँ नि !”
मेरो अवस्था देखेर अपरिचित केटाहरू टिठाएको देखी म छक्क परेँ । मन अलि कौँलिएकोले सोधेँ, “तिमी मेरो भान्जा कसरी भयौ र बाबु ?”
“मलाई चिन्नुभएन ? म त सोलाबाङको अतिरामको छोरा टीकाराम । म पहिले प्रदेश कोलेनिकामा थिएँ नि ! हजुरलाई धेरैचोटि बोकेको थिएँ त !”
“ए हो र ? कस्तो बिर्सिएछु ! अनि, उनीचाँहि ?”
अर्को हृष्टपुष्ट किशोरले हाँस्दै भने, “म त हिमाल माइलीको छोरा राजेश हुँ नि !”
बल्ल दुबैजनालाई प्रस्ट चिनेँ । आफ्नो गाडीमा लैजान त्यत्तिकै मामा नाता लगाएका होलान् भनेको त नजिकैका भान्जाहरू पो रहेछन् । आफ्नै भान्जाहरूलाई चिन्न नसकेकोमा पछुतो लाग्यो र लज्जित पनि भएँ । पछिका केटाहरू हलक्कै बढेर सहरको रहनसहनमा रातापिरा भइसकेका हुन्छन् । चिन्नै गारो । मैले अघिल्लो गाडीको रहेको आफ्नो सामान झिकेर उनीहरूकै इलेक्ट्रिक गाडीमा बस्न पुगेँ ।

 

गाडी सफा र आरामदायक थियो । आजको यात्रा सुबिस्तापूर्ण हुनेभयो भनी मख्ख परेँ ।
तर एक घण्टा पर्खिँदा पनि गाडी टसको मस भएन । भान्जाहरूलाई अत्याएँ, “किन ढिला गरेको ? आफ्ना मान्छेको गाडीमा छिटो होला भनेर चढेको त, उल्टै ढिला गरिदियौ ।”
“यत्तिकै ढिला गरेको होइन मामा । कपुरकोट नजिकैको चोरखोलामा पहिरो झरेर उता कुनै गाडी गएका छैनन् । बाटो आज नबन्ने रे । बरु भोलि बिहानै जाम्ला । अहिले डेरातिर फर्किहाल्नुस् ।”
म अन्यौलमा परेँ । अरूलाई सोध्दा उनीहरूले भनेको कुरा वास्तविक नै रहेछ । भाइ अशोक र प्रहरी लेखापाल लक्ष्मण थापालाई बाटोको अवस्था बुझ्न लगाएँ ।

मलाई २१ गते बिहान जिबाङमा हुने स्वर्गीय राधा ओलीको स्मृति दिवसमा नपुगी नहुने थियो । तर यता बाटो अवरुद्ध छ । दोस्रो विकल्प पनि छैन । उता अफिसमा अडिट चलिरहेको छ । म यता थुनिएको छु । कसो गर्ने होला ? पछिल्लो अवस्था देवकुमारीलाई अवगत गराउने बित्तिकै तुलसीपुरमा बसोबास गर्दै आएकी निराले मलाई फोन गरिहालिन्, “भिनाजु, मेरो घरमा गएर बस्नुहोस् ! म स्कुल निस्किसकेँ । बाबु पनि स्कुल जान थालेको छ । ऊ जानुभन्दा पहिल्यै आइहाल्नुहोला ।”
म अन्यौलमा पर्दै निरा तथा भाइ अशोकको घरतिर लागेँ । निरा पहिल्यै स्कुल गइसकेकी थिइन् । म जानेबित्तिकै अनिस बाबु पनि स्कुल निस्कियो । केही बेरसम्म निराको घरमा एक्लै छटपटीपूर्ण समय बिताएँ। रुकुम जान नपाउनुको औडाहाले झनै गाँज्दै लग्यो ।

 

दाङमै अड्किनुपर्ने आज एक दिन मात्र थिएन । अब कति दिनसम्म बाटो बन्द हुने हो कुनै अनिश्चित थियो । राप्ती साहित्य परिषद् रुकुम शाखाका अध्यक्ष मनलाल ओलीले स्मृति दिवसमा जसरी पनि आइदिन हप्तौँ अघिदेखि सम्झाइरहनु भएको थियो । अहिले पनि उहाँको फोन आइरहेको थियो तर के भनौँ भन्ने कुनै जवाफ नसुझेकोले फोन उठाउन सकेको थिइनँ ।

 

अन्तमा उहाँको फोन उठाउने बित्तिकै सडक पहिरोले पुरिएकोले दाङमै अड्किएको बताउँदा उहाँले भन्नुभयो, “तपाईँ रुकुमका भिरपाखा कुनै नछोडेको व्यक्ति, जाबो सडकको पहिरोदेखि किन डराउनुहुन्छ ? पहिरोसम्म अरू गाडीमा आउनुहोस् । पहिरोको तल वा माथिबाट मान्छे हिँडिरहेका होलान्, उनीहरूसँग पहिरो क्रस गर्नुहोस् र वल्लोपट्टि रुकुम फर्कने गाडीहरू थुप्रै होलान् त्यसमा चढेर आइहाल्नुहोस् ।”

गाडी नम्बर चार : पहिरो भयो पार्

मनलाल काकाको सुझाव मनासिवै लाग्यो । ल्यापटपलगायत मसला र भिजेका लुगाहरूले झोला डम्मै ढाडिएको थियो । हिँड्दा पिठ्युँलाई मात्र भार नपरोस् भनी झोलाका सामानहरू झिकेर दुईवटा कुटिराहरू तयार गरी अशोक भाइको घरबाट दिउँसो १ बजेतिर तुलसीपुर चोकमा आइपुगेँ । सल्यान जाने यात्रीहरू चोकमा थुप्रिरहेका थिए । सल्यानतिर जाने जिपहरू जम्मै भित्रबाहिर यात्रु र सामानले खाँदिएर आउँथे र जान्थे । यात्रीहरूले रोक्नको लागि हात दिँदा पनि चोकमा कुनै गाडी पनि रोकिएनन् । मास्तिर त अटोरिक्साहरू थुप्रै चलिरहेका थिए तर तिनीहरू लाहुरेचौरभन्दा माथि जान मान्दै मान्दैनथे ।

केही बेरको प्रतिक्षा पछि हुटमा सामानको सगरमाथा चुल्याएको एउटा जिप मेरै छेउमा आएर रोकियो । यसै गाडीमा जान पाइनेभो भनी म खुसीले अगाडि बढ्न नपाउँदै अरू दुईजना यात्रीले मलाई उछिनेर गाडीमा छिर्न खोजे । एउटा यात्री बल्लतल्ल गाडीमा छिर्‍यो अर्को तेह्रौँ कोशिस गर्दा पनि छिर्न सकेन । अर्को यात्रु केही गरी गाडीमा नअटेपछि छिरिसकेको यात्री पनि आफ्नो साथीकै कारण गाडीबाट ओर्लन बाध्य भयो । मेरो पालो ऊ झर्नेबित्तिकै अरूलाई चान्सै नदिई गाडीभित्र हत्तपत्त कोच्चिइहालेँ । तर गाडीभित्र सिट भए पो । अरू यात्रीको जिउको कापमा कोचिनुको विकल्प थिएन । दाउरा चाँचेजस्तै अरू यात्रीहरू एकअर्कामा चाँचिएका थिए । गनेको भए १२ सिटे जिपमा ३० जनाभन्दा बढी नै यात्रु कोचिएका थिए होलान् ।

हाम्रो जिप अरू अगाडिततिरको सडकमा खसेका सानातिना पहिरालाई गन्दै नगनी कपुरकोट पुगेर सल्यानतिरको बाटो छोडेर उकालोतिर लाग्यो । सल्यानतिर जाने गाडी होला भनी चढेको गाडी त रोल्पाको गाडी पो परेछ । झर्न मन नलाग्दा नलाग्दै पनि गाडीबाट झर्न बाध्य हुनुपर्‍यो ।

अरूलाई हेर्न मुन्टो घुमाउन सके पो । चालक छेउको अघिल्लो सिटमा मात्र ५ जना कोचिएका थिए । यात्रुहरूको गुनासो पटक्कै थिएन । गाडीमा चढ्न पाउनु नै लाख थियो ।
जिपले अत्यधिक लोडको कुनै परवाह नगरी गोठीखोला र लाहुरेचौर पार गर्दै अझै गतिवान हुँदै राम्रीको उकालोमा पैयाँ ठोक्न थाल्यो । केही बेरमै चोरखोलाको पहिरो छेउमा पुग्यो । पहिरो डरलाग्दो थियो र तलमाथिबाट धब्बा धब्बा गरी खस्दै थियो । अरू गाडीहरू पहिरो पार गर्न नसकी वल्लो र पल्लोपट्टि रोकिएका थिए । हाम्रो गाडीले भने हर्न बजाएर रोकिएका गाडीसँग साइड माग्दै माथिबाट झर्दै गरेको पहिरोमै झ्वाम्मै होमियो । सानसानो पहिरोको रेलो गाडीको छतमै खस्यो । लाग्यो यतै मर्न लेखिएकोले यो गाडी चढिएछ । गाडीका छेउका चक्का अडिएको ढिक पनि खस्न थालेकोले यात्रुहरू र चालकसमेत आत्तिए । ढल्किँदै मल्किँदै ट्वार्ट्वार टुर्टुर गर्दै कालो धूवाँको मुस्लो फाल्दै बल्लतल्ल गाडीले भीमकाय पहिरो छिचोल्यो । अघिसम्म डरले थर्कमान यात्रीहरू पहिरो पार गराएकोमा चालकलाई अनेकौँ धन्यवाद् दिँदै हाँसे । रमाए ।

हाम्रो जिप अरू अगाडिततिरको सडकमा खसेका सानातिना पहिरालाई गन्दै नगनी कपुरकोट पुगेर सल्यानतिरको बाटो छोडेर उकालोतिर लाग्यो । सल्यानतिर जाने गाडी होला भनी चढेको गाडी त रोल्पाको गाडी पो परेछ । झर्न मन नलाग्दा नलाग्दै पनि गाडीबाट झर्न बाध्य हुनुपर्‍यो ।
चिसो सिरेठोसँग जुध्दै कपुरकोटमा १ घण्टातक पर्खिँदा पनि सल्यानतिर जाने गाडी एउटा पनि आएन ।

गाडी नम्बर पाँच : निशुल्क कम्मर भाँच्

विकल्पहीन अवस्थामा कपुरकोटको चिसो सिरेठोसँग जुधिरहेको बखत सल्यानका साथीभाइहरूलाई सम्झिएँ । धेरैको अनुहार स्मृतिमा सलबलाए पनि पहिलेका सहकर्मी बुद्धिमान बस्नेतको मात्र फोन नम्बर फेला पर्‍यो । उहाँले कपुरकोटमै काम गरिरहेका पूर्व सहकर्मी विष्णु आचार्यको फोन दिनुभयो । मैले विष्णुजीलाई फोन लगाएर आफ्नो अवस्थाको जानकारी गराएँ । उहाँले तुरुन्तै केशर खड्का नामका आफ्ना कार्यालय सहयोगी पठाइदिनुभयो । बुद्धि बस्नेतजीले श्रीनगरबाट रुकुम जानको लागि रिजर्भ गाडी पनि व्यवस्था गरिदिनुभएको थियो तर भाडा ७ हजार भनेकोले म अनकनाइरहेको थिएँ ।
कपुरकोटबाट केशरजीको बाइकमा ओरालो झर्दै गर्दा लेखापाल लक्ष्मण थापाले फोन गर्नुभयो । मैले कपुरकोटमै अड्किरहेको बताएँ ।

 

उहाँले कपुरकोटको प्रहरी पोस्टबाट गाडीको व्यवस्था गरिदिने र त्यस गाडीले सल्यानको श्रीनगर छोड्ने विश्वास दिलाउनुभयो । तर मैले लुहामतक जान बाइक पाइसकेको थिएँ । अतः लक्ष्मणजीलाई लुहामबाट श्रीनगर छोडिदिनुपर्ने माग राखेँ ।
मुलपानीदेखि तलको बाटो एकदमै चिप्लो थियो । अरिँगाले फेदीको उबडखाबड बाटोलाई पानीले हिलाम्मे तुल्याएको रहेछ । मूलपानीसम्मको साँघुरो पाखामा भर्खरै सुकेका अवशेष बाँकी नै थिए । जसलाई दुई पाङ्ग्रे बाइकले छिचोल्न हम्मेहम्मे परिरहेको थियो । बल्लतल्ल हामी लुहाम पुग्यौँ ।

 

मित्र केशर खडकाले श्रीनगर नै पुर्‍याइदिने वचन दिँदा दिँदै उहाँलाई धेरै दुःख नदिन म लुहाममै ‌ओर्लिएँ । बाइकको लामो यात्रा मलाई अलि असहज नै हुन्छ । पानीले हिल्याएको बाटोमा केशरजीले चिन्दै नचिनेको मान्छेलाई बित्थैमा उद्धार गर्नुभएको थियो । करिब डेढ घण्टाको बाइक यात्राले मेरो ढाडै भाँचिएझैँ दुखिरहेको थियो ।

गाडी नम्बर ६ : भरिदियो गह

लुहामका प्रहरी साथीहरूलाई पहिल्यै म आउँदै गरेको जानकारी गराइएकोले मलाई सोधखोज गर्दै उहाँहरू गाडीको व्यवस्था गर्नेतिर लाग्नुभयो । तर त्यसै बेला एउटा अटोरिक्सा लुहाम प्रहरी कार्यालय अगाडि रोकियो । मैले प्रहरी साथीहरूलाई अब गाडीको व्यवस्था गर्नु नपर्ने र यही अटोमै श्रीनगर जाने बताएँ । तर अटोचालकले टाउको कन्यायो । अटोका यात्रीहरूले अरू मान्छे थप्न पाइँदैन भन्दै नारा उराले । उनीहरूले मलाई खाउँलाझैँ गरी हेर्न थाले ।

लक्ष्मणजीले खबर गरेका प्रहरी आएर अटो चालकलाई, “उहाँ हाम्रो मान्छे हो, राम्रोसँग पुर्‍याइदिनुहोला !” भनेपछि चालक मात्र नभई यात्रीहरूको मप्रतिको व्यवहार एक्कासी बदलियो ।

श्रीनगर पुगुन्जेल मुखुतो यात्रा र चालक तथा यात्रीहरूबाट शिष्ट व्यवहारको मनग्गे अवसर पाएँ र म पुलकित भएँ । यत्तिकै गहभरि आँशुको रह जम्यो ।

गाडी नम्बर सात : जति राम्रो साथ, त्यति मिठो बात

अटोरिक्साकै यात्रा भए पनि श्रीनगरसम्म आरामपूर्वक पुगेँ । सल्यान-रुकुमको दोबाटोमा इन्डियातिरबाट आई रुकुम जान पर्खिबसेका अरु दुई जना महिलाहरू पनि भेटिए । म पनि रुकुम जाने कुरा बताएपछि उनीहरू खुसी भए । नाइटगाडी कुर्ने साथीहरू भेट्टाएकोले रिजर्भ गाडीको खर्च नपर्नेभयो भनी औधी खुसी भएँ । श्रीनगर पुग्दा बेलुकाको ५ मात्र बजेको थियो । नाइटगाडी श्रीनगर आइपुग्न कम्तीमा रातको १० बजाउने भएकोले अझै ५ घण्टा बाटोमै कुर्नुपर्ने अवस्था थियो । टिकट काउन्टरमा कोही बसेको थिएन । टिकट काउन्टरबाहिर रखिएका खाली बेन्चमा बसी सामान्य चिनापर्ची भयो । समय कटाउने मेलो गाउँको अवस्था र विकासको बारेमा पनि आफूले जानेका कुराहरू सुनाउँदै सुन्दै गयौँ । यसबिचमा साना गाडीहरू पनि रुकुमतिरको बाटो लाग्थे, हामीले सानाठुला जस्तासुकै गाडी भए पनि रोक्नलाई घरीघरी हात उठाउँथ्यौँ । तर हाम्रा हात उठेको कि गाडीचालकले पत्तै पाउँदैनथे, कि परवाहै गर्दैनथे ।

साढे सात बजेतिर कुखुराको सामानहरू बोक्ने एउटा सानो गाडी देखेर हामीले फेरि हात उठायौँ । हाम्रा हातहरूलाई महत्त्व दिँदै त्यो गाडी हाम्रै छेउमा रोकियो । गाडी चालकले २ जना मात्र अट्ने सिट भएकोले २ जनाभन्दा बढी राख्न नमिल्ने बताए । हामी ३ जना यात्रीहरूले तीनैजना यात्रीहरू सँगसँगै जानपाउनुपर्ने जोडदार माग राख्यौँ । तर गाडीमा अटे पो जानु ।

उनले मेरो पेसा सोधे । मैले कर्मचारी हुँ भनेर बताएँ । उनले भने, “कर्मचारीजस्तो त देखिनुहुन्न त ? मलाई ढाँट्नुभयो होला । तपाईँको लवाइखवाइ र बोली व्यवहार देख्दा त साधारण गाउँलेजस्तै लाग्छ ।”मैले उनलाई नै सोधेँ, “कर्मचारीहरू कस्ता हुन्छन् र ? को को कर्मचारीहरू चिन्नुहुन्छ त तपाईँ ?”

अन्तमा महिलाहरूले, “तपाईँ पुरुष मान्छे, एक्लै कुर्न सकिहाल्नुहुन्छ ! हामी जान्छौँ !” भनेकोले म निराश भएँ । उनीहरू गाडी चढे । मैले स्वार्थी आईमाईहरू भन्दै धारे हात लगाएँ । गाडी उनीहरूलाई बोकेर पाँचदश मिटर पार नगर्दै फेरि घच्याक्क रोकियो । भाडा सम्बन्धी कुरा मिलेनछ त्यसैले उनीहरू दुबैजना अलि पर पुगेर ओर्लिए । म यही मौका पारी दौड्दै गएर गाडीमा चढ्ने कोशिस गरेँ ।

रातापिरा युवा चालकले मलाई रोक्दै भनेः “पख्नुस् पख्नुस् ! पहिले भाडा कति दिनुहुन्छ भन्नुस् ?”
मैले हत्तपत्त भनेँ, “भाडाको पिर नगर्नुस् । अन्य गाडीले लिनेभन्दा एकदुई सय थपेर दिउँला ।” चालक मदेखि अचम्मित र खुसी देखिए । लाग्यो होला “कस्तो खालको यात्री हो यो ?” उनी र मबिच चालक र यात्रुको सम्बन्ध गाँसिन पुग्यो । रुकुमतिरको यात्रा सुरु भयो । महिलाहरूले मलाई पनि धारे हात लगाए होलान् मैले फर्की हेरिनँ ।

गाडी नयाँ भएकोले चालकसँगैको सिट निकै आरामदायक लाग्यो । सायद हजारौँ रुपैयाँ तिरेर जिप रिजर्भ गरेको भए पनि यति आरामदायक सिट मिल्दैनथ्यो होला ।
परिचय हुँदै जाँदा उनी पनि रुकुम पूर्वका ओली नै भएको खुल्यो । जातीयताले अलि नजिक तुल्यायो । ओलीहरूका कुरा चल्दै गए । हामी दुबैजना खुल्दै गयौँ । उनीसँग सजातीय बन्धुबान्धवको सम्बन्ध जोडियो ।
“तपाईँको घर रुकुम पूर्व कहाँनेर हो ?” भनी सोध्दा उनले, “त्यहाँ ककसलाई चिन्नुहुन्छ र ?” भनी मलाई नै प्रश्न राखे । मैले फत्ते ओली, देवी ओली, ध्रुवविक्रम ओली, हरिविष्णु ओली र आफ्नै नामका खाराबाङी पूर्ण ओलीलाई चिन्छु भनेँ । उनले, “खाराबाङी पूर्ण ओलीलाई कसरी चिन्नुभयो ?” भनी फेरि सोधे ! मैले पहिलो खण्डकाव्य प्रकाशन गर्दाका सबै कुराहरू बताएँ । उनी चकित परे । चालक रहेछन् सहकाव्यकार पूर्ण ओलीकै भाइ ‘लोकेश ओली’ । यो नाताले हाम्रो सम्बन्ध दाजुभाइमा बदलियो । आँत पेटले अझै नजिकियौँ । दुबैले चिनेका व्यक्तिहरूको बारेमा जानेसम्मको कुरा एकअर्कालाई बताउँदै अगाडि बढ्यौँ ।

उनले मेरो पेसा सोधे । मैले कर्मचारी हुँ भनेर बताएँ । उनले भने, “कर्मचारीजस्तो त देखिनुहुन्न त ? मलाई ढाँट्नुभयो होला । तपाईँको लवाइखवाइ र बोली व्यवहार देख्दा त साधारण गाउँलेजस्तै लाग्छ ।”
मैले उनलाई नै सोधेँ, “कर्मचारीहरू कस्ता हुन्छन् र ? को को कर्मचारीहरू चिन्नुहुन्छ त तपाईँ ?”

उनले रुकुम पूर्वका वर्तमान कोष नियन्त्रक हिरामणि गौतम, पूर्व कोष नियन्त्रक नरेन्द्र बुढामगर लगायत धेरै कर्मचारीहरू चिन्दा रहेछन् । उनले रुकुम पूर्व र रुकुम पश्चिमका कर्मचारीहरूको लामै फेहरिस्त पेश गरे । मैले उनले चिन्न सक्ने दशरथ ओली लगायतका अरू कर्मचारीहरूको नाम लिँदै वर्तमान अवस्थामा त म नरेन्द्र बुढामगरकै हाकिम अर्थात् रुकुम पश्चिमको कोष नियन्त्रक हुँ भनेपछि उनी हेरेको हेरेई भए । मैले नचाहँदा नचाहँदै पनि बाँकी यात्रामा उनले हाकिम र कारिन्दाको जस्तो सम्बन्ध देखाउन थाले ।
यात्रामा कर्मचारीहरूको गुण दोषको वर्णन गर्दैमा मुसीकोट प्रवेश गरेको पत्तै भएन ।

गाडी नम्बर आठ : यात्रा टुङ्गिएको रात

राति ११ बजे शीतलपोखरी पुग्दा लेखापाल लक्ष्मणजीकै सहायताले मलाई खलङ्गासम्म पुर्‍याइदिनको लागि प्रहरीको मोबाइल गाडी खडा थियो । लोकेश ओलीजीसँग बिदाबारी भई म प्रहरीको गाडीमा बसेँ । लोकेशजी अगाडि नबढी अझै मलाई हेरिरहेका थिए ।
म भनेकै समयमा सुरक्षितसाथ कोलेनिकामा पुगेँ । दुई दिने यात्रामा सुरक्षित रूपमा रुकुमसम्म पुर्‍याउन भूमिका खेल्ने गाडी चालकहरू अमित चौधरी, टीकाराम खडका, केशर खडका, लोकेश ओली र निस्वार्थ रूपमा गाडीको यात्राको अवसर दिलाउनुहुने तारा पुन. बुद्धि बस्नेत, विष्णु आचार्य तथा लक्ष्मण थापाको यो गुण धौबिर्सनु छ ।

स्मरण रहोस् भारी वर्षातको कारणले बाटो अवरुद्ध हुन पुगेकोले मैले एकै दिनमा ८ वटा गाडी फेर्नुपर्ने परिस्थिति सिर्जना भएको हो । सामान्य अवस्थामा दाङबाट मुसीकोटको दूरी जम्मा एकसय ३७ पार गर्न एक मात्र गाडीमा चार पाँच घण्टाभन्दा बढी लाग्दैन ।

शनिबार, साउन २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    प्रगतिशील लोकतान्त्रिक पार्टीको कार्यालय उद्घाटन

  • २.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ४.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ५.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.