रुकुम पश्चिम -२२, जेठ ।
Advertisement
राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम पश्चिमले यही जेठ २४ गते मुसिकोटमा प्रथम ऐतिहासिक जिल्ला अधिवेशन गर्ने भएको छ । पार्टीको वडा र पालिका अधिवेशन सकिए सँगै जिल्ला अधिवेशन गर्न लागिएको रास्वपाले बताएको छ ।
बालमन्दिरमा हुने जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्द सहभागी हुने छन् । अधिवेशनबाट रास्वपाले जिल्लाको नेतृत्व छनोट गर्ने छ ।
रास्वपाको विधान अनुसार जिल्ला समितिमा सभापति, उपसभापति, सचिव, सहसचिव १/१ जना हुने व्यवस्था छ ।
आगामी असार ७ देखि ९ गतेसम्म पार्टीको प्रथम महाधिवेशनको मिति तय भएकाले रास्वपाले देशैभरका जिल्लामा २३ र २४ गते जिल्ला अधिवेशन गर्दै छ ।
रुकुम पश्चिमको जिल्ला अधिवेशनमा लोकगायक खर्क बहादुर बुढा र गायिका भूमिका गिरीको उपस्थिति रहने बताइएको छ ।