रुकुम पश्चिम -२९, जेठ ।
Advertisement
रुकुम पश्चिमको चौहरजहारी नगरपालिका -२, की शोभा आचार्यलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत आज सुर्खेत पठाइएको छ । सुत्केरी व्यथा लागेर सामुदायिक अस्पताल चौरजहारीमा भर्ना भएकी आचार्यको अपरेशन मार्फत डेलिभरी गराउने क्रममा जटिल समस्या देखिँदा हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आचार्यको पेटभित्र पानी जम्मा हुँदा थप जटिल समस्या हुन् नदिन सुर्खेत लगिएको छ ।
उनलाई राष्ट्रिय महिला सशक्तिकरण परियोजना कार्यक्रम अन्तर्गत प्रादेशिक अस्पताल सुर्खेत पठाइएको हो ।