• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

आज बडा दसैँ

ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

कखरा डटकम सातौँ वर्षमा प्रवेश 

क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

नेपालले ओमानलाई दियो दुईसय ६४ रनको लक्ष्य  

लोकप्रिय समाचार

  • १. आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २. आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३. चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

एउटै पालिकाबाट करिब सात करोडको कृषिजन्य वस्तु बिक्री


रुकुम पश्चिम -२८, जेठ ।

Advertisement

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाबाट यसवर्ष करिब सात करोड रकमको कृषिजन्य वस्तु बिक्री गरिएको छ । पालिकाको दशवटै वडाका किसानले उत्पादन गरेको मसलाबाली, तरकारीबाली र फलफूलबाली अन्तर्गतका कृषिजन्य वस्तु बिक्री गरिएको हो ।

 

कृषि शाखाका कृषि अधिकृत रमेश पुन मगरले चालु आर्थिक वर्ष ८२/८३ मा सबैभन्दा बढी करिब पाँच करोड रकमको मसलाबाली निर्यात गरिएको बताए । पालिकामा १५ मेट्रिकटन अदुवा उत्पादन भएको र त्यसबाट ४ करोड ५० लाख रकम भित्रिएको छ ।

 

मसलाबालीमै पर्ने अलैचीबाट ३५ लाख रकम भित्रिएको र यो वर्ष पालिकाभर २० क्विन्टल अलैची उत्पादन भएको कृषि शाखाले बताएको छ ।

 

त्यस्तै २० हेक्टर क्षेत्रफलमा गरिएको तरकारीबाली सिमी, आलु, बन्दा र सागपातबाट ८० लाख रकम पालिकामा भित्रिएको बताइएको छ ।

 

फलफुलबाली अन्तर्गत यहाँ सुन्तला, कागती र किवी व्यावसायिक खेतीका रुपमा सञ्चालनमा रहेका छन् । यसवर्ष फलफूल बिक्रीबाट १ करोड रकम भित्रिएको कृषि शाखाले जनाएको छ ।

 

त्रिवेणी गाउँपालिकामा ३ हजार बढी हेक्टर अर्थात् ३७ प्रतिशत भूभागमा खेती हुँदै आइरहेको छ । जसअन्तर्गत तरकारी, मसला र फलफुलबाली सँगै अन्नबाली मुख्य खेतीको रूपमा रहेको छ ।

 

यहाँका किसानले अन्नबालीको रूपमा मकै, गहुँ, धान लगायतको खेती गर्दै आएका छन् । यस सङ्गै कृषिजन्य वस्तु उत्पादनका लागि त्रिवेणी गाउँपालिकाको हावापानी उपयुक्त मानिएकाले धेरैजसो किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् ।

 

स्थानीय सरकारले पनि किसानलाई व्यावसायिक खेतीमा सघाउने गरी घरदैलो सेवा सहित मल, बिउ, किटनाशक औषधि लगायत अनुदानका कार्यक्रम दिँदै आइरहेको छ ।

बिहिबार, जेठ २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ
आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै
आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै
आज बडा दसैँ
ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी
कखरा डटकम सातौँ वर्षमा प्रवेश 

लोकप्रिय

  • १.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

भर्खरै

  • १.
    चोरी कसुर मुद्दाका प्रतिवादी पक्राउ

  • २.
    आजदेखि तेस्रो संस्करणको एनपीएल सुरु हुँदै

  • ३.
    आठविसकोट -१४ मा बाँकेज्युला मेला लाग्दै

  • ४.
    आज बडा दसैँ

  • ५.
    ओमानलाई दश रनले पराजित गर्दै नेपाल विजयी

  • ६.
    कखरा डटकम सातौँ वर्षमा प्रवेश 

  • ७.
    क्यानडाले नेपाललाई दियो दुईसय ५७ रनको लक्ष्य

  • ८.
    रुकुम पश्चिम प्रहरीले मनायो ७१औं प्रहरी दिवस

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.