• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
शनिबार, चैत २१, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

तुलसीराम खड्काका तीन मुक्तक

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

आजको मौसम : हावाहुरी सहित मध्यम वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २. ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ३. मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ४. रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ५. नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ६. तुलसीराम खड्काका तीन मुक्तक

  • ७. आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ८. नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ९. मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • १०. रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

"एआई प्रविधिमा आधारित शिक्षा-प्रणाली आजको आवश्यकता "

रुकुम पश्चिम -१६, चैत ।

Advertisement

विषय प्रवेश :

प्राचिन कालमा विभिन्न हस्तलिखित दस्तावेज तथा लेखोट हुँदै सुरुवात भएको मानव सभ्यता वर्तमान परिवेशमा सूचना तथा प्रविधिमा रुपान्तरण भई डिजिटल माध्यमबाट कार्यमा तिव्रता, थकावट रहित, आर्थिक समृद्धि हासिल गर्नमा डिजिटल साक्षरताले महत्वपुर्ण योग्दान पुर्‍याएको छ ।

आजको २१औं शताब्दीलाई सूचना सञ्चार क्षेत्रमा डिजिटल युग भनेर चिनिन्छ । डिजिटल युगमा साक्षरता प्रवर्द्धन, सूचना प्रविधि, इन्टरनेट, कृत्रिम बुद्धिमत्ता, ब्लकचेन, सामाजिक संजाल जस्ता नविन प्रविधिहरूले मानव जीवनका प्रत्येक पक्षलाई स्पर्श गरिसकेका छन् । यस सन्दर्भमा साक्षरता केवल पढ्न, लेख्न र गणना गर्ने आधारभूत क्षमतामा सीमित रहेन । बरु, डिजिटल उपकरण, इन्टरनेट, सामाजिक सञ्जाल, ई-शिक्षा, ई गभरेन्स, ई सफ्टवेयर प्रणाली, अनलाइन प्रणाली र सूचना प्रवाहलाई बुझ्ने, प्रयोग गर्ने र सिर्जनात्मक रूपमा आत्मसात् गर्ने क्षमतालाई पनि साक्षरताको दायरामा ल्याउन आवश्यक भएको छ ।

त्यसैले “डिजिटल युगमा साक्षरता प्रवर्द्धन” लाई आजको ज्वलन्त र अपरिहार्य विषयको रुपमा लिन सकिन्छ । अझ भन्ने हो भने यस शक्तिलाई महत्वपुर्ण मानी नेपाल सरकारले यस वर्षको शिक्षा दिवसको नारा समेत छनोट गरी झनै प्रभावकारी बनाउन अभिप्रेरित गरेको पाइन्छ ।

संक्षिप्तमा भुमिकाः

  • शासन, विकास, सेवा प्रवाहमा सहजता प्राप्त हुनु,
  • सूचना तथा प्रविधिमा रुपान्तरण मार्फत आर्थिक समृद्धि हासिल गर्न टेवा पुर्याउनु,
  • देशको नीति, कानून तथा संवैधानिक व्यवस्था कार्यान्वयनमा टेवा पुर्‍याउनु,
  • सवै प्रकारका विकृति र विसङ्गति विरुद्ध तिव्र रुपमा सूचना प्रवाह गरी नियन्त्रण गर्नु,
  • विश्वव्यापीकरण र उदारीकरण मार्फत प्राप्त हुने लाभमा डिजिटल साक्षरताको भूमिका रहनु,
  • सार्वजनिक व्यवस्थापन र समग्र मानव कल्याणमा डिजिटल युगमा साक्षरता प्रवर्धनको योगदान रहनु,
  • सरकार र आम नागरिक विचमा सम्बन्ध सेतुको रुपमा भुमिका कायम रहनु,
  • शैक्षिक क्षेत्रमा जनचेतनामुलक कार्यक्रम अभिवृद्धि मार्फत मानवीय सक्षमता वृद्धि गर्नु,
  • सामाजिक संजालको दुरुपयोगलाई नियमन गर्नु,
  • समग्र सेवा प्रवाहमा विज्ञान, प्रविधि (Tecnology) ले नविन विधि मार्फत आम नागरिकले प्राप्त गर्ने सेवामा सरल र सहज पुर्‍याउँदछ ।
  • डिजिटल नेपाल फेमवर्क २०७६, ई गभरेन्स, ई प्रजातन्त्र, विद्युतीय शासन लगायत अवधारणा कार्यान्वयनमा टेवा पुर्याउन अहम भूमिका रहन्छ ।

डिजिटल साक्षरता प्रवर्धनको मुख्य उदेश्य : 

  • डिजिटल साक्षरता प्रवर्धन मार्फत ई लोकतन्त्र तथा विधुतीय शासन कायम गर्नु,
  • ICT related पूर्वाधारको विकास गरी Connectivity लाई दरिलो बनाउन सहयोग गर्नु,
  • हेलो सरकार, हेलो स्वास्थ्य लगायत Technology based प्रणालीको विकास गर्नु,
  • पेपरलेस प्रणालीको अवधारणा कार्यान्वयन गर्न मदत गर्नु,
    सक्षम एंव दक्ष जनशक्तिको विकास गर्नु,
  • साइबर क्राइम लगायतका डिजिटल अवराध विरुद्ध जुध्न तथा नियन्त्रण गर्नु,
  • विश्वमा द्विपक्षीय एंव वहुपक्षीय राष्ट्र र संस्थाहरु विचमा समन्वय र सहकार्य कायम गरी आर्थिक विकासमा टेवा पुर्‍याउनु आदि ।

मुख्य अंशः डिजिटल साक्षरताको परिभाषा र डिजिटल युगमा साक्षरता प्रवर्धनको महत्त्वः 

डिजिटल साक्षरता भन्नाले कम्प्युटर, स्मार्टफोन, इन्टरनेट र डिजिटल माध्यम तथा प्रविधिको प्रयोग गरेर सूचना खोज्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र साझा गर्ने सिपलाई बुझिन्छ । यसले व्यक्तिलाई केवल शिक्षित मात्र होइन, डिजिटल समाजसँग सजिलै जोडिन सक्षम बनाउँछ । जसले विश्वका उपज तथा द्विपक्षीय र वहुपक्षीय लगायतका सम्बन्धमा सुदृढ गर्दै स्थायित्व कायम गर्न योगदान पुर्‍याउँछ । यसैगरी वर्तमान अवस्थामा डिजिटल प्रविधिको प्रयोगले मानव जीवनको हरेक पक्षमा गहिरो परिवर्तन ल्याएको छ । यसको महत्व निम्न अनुसार हेर्न सकिन्छ ।

  • शिक्षा क्षेत्रमा, अनलाइन अध्ययन, ई-लाइब्रेरी, (जस्तै Zoom class)
  • डिजिटल क्लासरूमले नयाँ ढङ्गले ज्ञान दिन्छन्, (जस्तै Lab)
  • अर्थतन्त्रमा, ई-बैंकिङ, डिजिटल कारोबार, ई–व्यवसायले दक्षता बढाउँछन्, (जस्तै E- payment)
  • शासनमा, ई-शासन, अनलाइन सेवा र डिजिटल अभिलेखनले पारदर्शिता ल्याउँछन् ।
  • डिजिटल साक्षरता प्रवर्धन मार्फत साइबर क्राइम जस्ता अपराध नियन्त्रण गर्न सचेतना अभिवृद्धि हुने,
  • शासन, विकास र सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि हुने,
  • विश्वलाई डिजिटल समन्वय मार्फत जोड्ने काम गर्ने,
  • विश्वव्यापीकरण र उदारीकरणका लाभ प्राप्तिमा सहज हुने,
  • मानव संसाधन तथा सक्षमता कायम हुने आदी ।

नेपालमा डिजिटल युगमा साक्षरता प्रवर्धनको उपलब्धि तथा अभ्यास/अवस्थाः

नेपालमा विक्रम सम्वत २०१३ सालमा योजनाबद्ध विकासको सुरुवात भएसँगै विभिन्न पञ्चवर्षीय तथा त्रीवर्षीय योजना हुँदै हाल १६औं योजना कार्यान्वयनको चरणमा रेहेको छ । नेपालमा विक्रम सम्वत २०२८ सालमा जनगणनाको लागि सर्वप्रथम Computer को प्रयोग गरिएको थियो । उक्त Computer को नाम IBM 1401 रहेको थियो । समयको विकासक्रम सँगै नेपाल डिजिटल युगमा प्रवेश गरेको छ । फलस्वरुप नेपालमा डिजिटल युगमा साक्षरता प्रवर्धनको उपलब्धि तथा अभ्यास/अवस्था देहाय बमोजिम लिन सकिन्छ ।

  • PAN दर्ता प्रणालीको विकास,
  • सवारी साधन कर भुक्तानी प्रणाली,
  • नागरिक एप, मेरो कित्ता, स्मार्ट लाइसेन्स आदी कार्यान्वयनमा आएको,
  • शिक्षा मन्त्रालय अन्तर्गत EMIS, शिक्षक/कर्मचारीको PIS, बजेट प्रणाली LMBIS र स्वास्थ्य क्षेत्रमा HMIS साथै सहकारी तथा गरिबी निवारण सम्बन्धी कार्य गर्न COPOMIS लगायतका सफ्टवेयर प्रणालीको विकास भएको,
  • मन्त्रिपरिषदलाई Paperless बनाईएको,
  • डिजिटल फेमवर्क नेपाल २०७६, सामाजिक संजाल प्रयोग निर्देशिका २०८०, आम संचार नीति २०७२, संगठित अपराध निवारण ऐन २०७०, साइवर सुरक्षा नीति २०७२, सूचना संचार तथा प्रविधि मन्त्रालय, नोडल अधिकारी, विभिन्न निकायका प्रवक्ता लगायतका कानूनी तथा संस्थागत र अन्य व्यवस्था समेत गरेको,
  • Tax payment, CGAS लगायत अनलाइन भुक्तानी प्रणालीको विकास भएको,
  • चालु १६ औं योजना, बजेटले डिजिटल साक्षरता प्रवर्धनलाई प्रथामिकता दिएको,
  • ब्रेनलिपि पद्धतिको विकास मार्फत शिक्षामा सबै किसिमका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुने,
  • संविधानमा सूचनाको हक, सञ्चारको हक लगायतको व्यवस्था रहेको,
  • नेपालमा हाल करिब ७२ प्रतिशत भन्दा बढी जनसंख्या डिजिटल साक्षरता रहेको,
  • नेपालमा हाल इन्टरनेट पहुँच करिब ८७ प्रतिशत र जनसंख्या करिब १ सय ३० दशमलव ६४ प्रतिशत वढि रहेको,
  • टेलिफोन घनत्व करिव १ सय ४४ प्रतिशत रहेको आदी ।

नेपाल राष्ट्र बैंकले सन् २०२३ मा प्रकाशन गरेको रिपोर्ट अनुसार नेपालको डिजिटल साक्षरता प्रवर्धनको अवस्थाः

  • सामान्य साक्षरता दर ७६ दशमलव ३५ प्रतिशत,
  • वित्तीय साक्षरता दर ५७ दशमलव९५ प्रतिशत,
  • डिजिटल साक्षरता ३१ दशमलव ५ प्रतिशत,
  • साथै मोबाइल बैकिङ्ग र इन्टरनेट तथा सामाजिक संजाल प्रयोगकर्ताहरु उल्लेख्य रुपमा वृद्धि भएको देखिएको छ आदी ।

नेपालको सन्दर्भमा चुनौती र अवसरः

विश्वमा सन् १९९० को दशक देखी सूचना तथा प्रविधिको क्षेत्रमा तीव्र विकास हुँदै सन् १९९३ मा इन्टरनेटको विकास भयो र नेपालमा सन् १९९४ देखि सुरुवात भएकोमा हाल नेपालमा सबै जिल्लामा इन्टरनेट पुगेको छ । तरपनि गुणस्तर, पहुँच र सीपमा अझै खाडल छ ।

डिजिटल साक्षरता प्रवर्धनका चुनौतीहरू :

  • ग्रामीण क्षेत्रमा प्रविधिको पहुँचयोग्य बनाउनु,
  • प्रविधि सिकाउने प्रशिक्षक तथा दक्ष जनशक्तिको पुर्ण तयारी गराउनु,
  • डिजिटल सुरक्षाबारे ज्ञानमा अभिवृद्धि गराउनु,
  • आर्थिक असमानताका बिचमा स्रोत साधनको व्यवस्था गर्नु,
  • IT hacking तथा सूचनाको दुरुपयोगको जोखिम न्यूनीकरण गर्नु,
  • विश्वासको संकट कायमै राख्नु,
  • शिक्षक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरेर डिजिटल साक्षरतामा दक्ष शिक्षकहरुको आपूर्ति सुनिश्चित गर्नु,
  • प्रतिभा प्लान रोक्नु,
  • प्रशासनिक प्रक्रियाहरुलाई सहज र शिघ्रता बनाइ कार्यान्वयन प्रक्रियालाई प्रभावकारी बनाउन प्रशासनिक/संरचनागत सुधार गर्नु,
  • कार्यालयहरुको वेबसाइट, अनलाइन गुनासो प्रणाली तथा अनलाइन भुक्तानी प्रणाली लगायत सामाजिक परीक्षण, सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण लगायत नागरिक नियन्त्रण प्रणालीको विकास भएको,
  • डिजिटल साक्षरताको प्रवर्धनबाट प्राप्त उपजको अधिकतम उपयोग मार्फत आर्थिक विकासमा उपलब्धि हासिल गर्नु, आदी ।

डिजिटल साक्षरता प्रवर्धनका अवसरहरू :

  • डिजिटल नेपाल फ्रेमवर्क,
  • सार्वजनिक क्षेत्रमा नविन विधिहरूको विस्तार,
  • मोबाइल इन्टरनेटको तीव्र विस्तार,
  • युवापुस्ताको प्रविधिप्रतिको आकर्षण,
  • अनलाइन शिक्षा तथा उद्यमशीलताको बढ्दो प्रवृत्ति,
  • विभिन्न एप्स तथा सफ्टवेयर प्रणालीको विकास तथा कार्यान्वयन,
  • अनलाइन गुनासो तथा भुक्तानी प्रणालीको विकास,
    १६ औं योजनाको प्रथामिकता आदी ।

नेपालमा डिजिटल साक्षरता प्रवर्धनले पुर्‍याएको योगदानको उदाहरणः

  • शासन सञ्चालन गर्ने निकायहरुले सूचना तथा प्रविधिलाई उच्च प्रथामिकतामा राख्दै सेवा प्रवाहमा नवीन विधिहरुको प्रयोग गर्दै आएका छन् ।
  • बैंकिङ कारोबारलाई सहज र सुगम बनाउँदै जनचेतनामूलक सञ्चार र सूचनाको आदानप्रदानलाई तीव्र, प्रभावकारी शिक्षा र अध्ययनमा नवीनता विकास प्रदान, व्यापार व्यवसायमा वृद्धि तथा स्वास्थ्य क्षेत्रमा सुधार भएको,
  • विद्युतीय शासनको अवधारणा कार्यान्वयन भएको,
  • शिक्षा क्षेत्रमा डिजिटल प्रणालीको विकासको अभ्यास थालनी गर्न थालिएको,
  • विद्यालयमा आधुनिक शिक्षण विधिको प्रयोग गर्ने गरिएको आदी ।

डिजिटल साक्षरता प्रवर्धनका उपायहरू:

१. शिक्षा प्रणाली सुधार

– विद्यालय र विश्वविद्यालय तहमा डिजिटल साक्षरतालाई पाठ्यक्रम भित्र समावेश गर्नुपर्ने ।

२. आर्थिक सुधारः

– उपलब्ध स्रोत साधनको अधिकतम उपयोग तथा न्यायोचित वितरण गर्नुपर्ने ।

३. निजी/गैरसरकारी र सार्वजनिक सहकार्य :

– सरकार, निजी क्षेत्र, नागरिक समाज र अन्तर्राष्ट्रिय संस्थाबिच सहकार्य गरी प्रविधि पहुँच बढाउने ।

४. नीति तथा कानून सुधारः

निर्मित नीति, संविधान तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यक कानूनको तर्जुमा तथा संशोधन गरी तत्काल कार्यान्वयन गर्ने ।

५. बजेट तथा योजनामा सुधारः

– योजना तथा बजेटमा डिजिटल साक्षरता प्रवर्धनमा टेवा पुग्ने जुन कार्यान्वयनयुक्त प्रथामिकताका क्षेत्र तथा उदेश्य तय गर्ने ।

६. समावेशी कार्यक्रम :

– महिला, अशक्त, ग्रामीण समुदायलाई प्राथमिकता दिँदै तालिम र पहुँच विस्तार गर्ने ।

७. राजनैतिक/प्रशासनिक सुधारः

– डिजिटल साक्षरता प्रवर्धनमा राजनैतिक प्रतिवद्धता र प्रशासनिक प्रतिवद्धता तथा इमान्दारिता कायम हुनुपर्ने ।

८. डिजिटल सुरक्षा शिक्षा :

साइबर अपराध, फिसिङ, व्यक्तिगत डाटा सुरक्षा जस्ता विषयमा सचेतना बढाउने ।

९. अनलाइन सामग्रीको विकास :

– नेपाली भाषा र स्थानीय भाषामा सहज रूपमा बुझ्न सकिने डिजिटल सामग्री उत्पादन गर्ने ।

डिजिटल साक्षरता प्रवर्धनबाट सम्भावित परिणामः

  • विधुतीय शासन र ई-लोकतन्त्र कायम हुने,
  • Brain gain मा सहयोग हुने,
  • डिजिटल नेपाल फेमवर्क अन्तर्गत रहेका ८ वटा क्षेत्र र ८० वटा Digital initiatives को अवधारणा कार्यान्वयन हुने,
  • रोजगारी र उद्यमशीलतामा नयाँ अवसर,
  • पारदर्शी शासन र जनउत्तरदायित्वमा सुधार,
  • स्मार्ट जीवन शैलीको अवलम्बनमा टेवा,
  • ग्रामीण-सहरी खाडल घटाउने ।
  • विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने सीपयुक्त नागरिकको निर्माण,
  • डिजिटल साक्षरताको प्रवर्धन मार्फत विश्वव्यापीकरण र उदारीकरणका लाभ सहज रुपमा प्राप्त हुने,
  • जलवायु परिवर्तन, हरित अर्थतन्त्र तथा दिगो विकास सम्बन्धित जनचेतना अभिवृद्धि गर्दै अर्थतन्त्रमा सुधार हुने आदी ।

डिजिटल साक्षरता प्रवर्धन प्रभावकारी बनाउन सुझावः

  • डिजिटल साक्षरता प्रवर्धनमा सरकारले निजी क्षेत्र, गैरसरकारी क्षेत्र तथा नागरिक समाज बिचमा समन्वय र सहकार्य मार्फत प्रभावकारी सुचना प्रविधि प्रणालीको विकास गर्नुपर्ने देखिन्छ ।
  • साइबर क्राइम लगायत विद्युतीय अपराध नियन्त्रण गर्नको लागि सयम-समयमा तालिम तथा दक्ष जनशक्तिको अभिवृद्धि गर्नुपर्ने ।
  • विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा व्यवहारिक तथा वैज्ञानिक र डिजिटल साक्षरता प्रवर्धनमा टेवा पुग्ने किसिमले छनोट तथा कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
  • डिजिटल साक्षरता अभिवृद्धि गर्न संविधान, बजेट तथा योजना र कानूनमा भएका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।
  • विद्यालयहरुमा डिजिटल साक्षरता प्रवर्धन गर्न चेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्ने देखिन्छ ।
  • समग्र संघ, प्रदेश र स्थानीय तह लागायत शासन सञ्चालनका विभिन्न संयन्त्र तथा पात्रहरु बिचमा निरन्तर डिजिटल साक्षरता प्रवर्धन विषयमा समिक्षा, छलफल गर्नुपर्ने र सुझावका आधारमा सुधार गर्नुपर्ने देखिन्छ आदी ।

निष्कर्षः

डिजिटल साक्षरता जुनसुकै मुलुकको पनि सर्वाङ्गीण विकासको आधारस्तम्भ हो । वर्तमान डिजिटल युगमा साक्षरता प्रवर्द्धन गर्नु केवल विकल्प नभई अपिहार्यता हो । जसरी विगतमा पढ्न लेख्न सक्ने मान्छे मात्र समाजमा सक्षम मानिन्थ्यो, आज डिजिटल सीपमा दक्ष व्यक्ति मात्र प्रतिस्पर्धी बन्न सक्छ ।

त्यसैले नेपालले डिजिटल नेपालको लक्ष्य साकार गर्न साक्षरतालाई परम्परागत ढाँचाबाट डिजिटल ढाँचासम्म विस्तार गर्नु जरुरी छ । शिक्षादेखि शासन, अर्थतन्त्रदेखि सामाजिक सम्बन्धसम्म सबै क्षेत्रमा डिजिटल साक्षरताको प्रवर्द्धनले मात्र दिगो विकास, समान अवसर र समावेशी सभ्य समाज निर्माण गर्न सक्नेछ । जसको लागि आ-आफ्नो क्षेत्रबाट नागरिक समाज, निजी क्षेत्र र सरकारी तथा गैरसरकारी क्षेत्र तथा संघ, प्रदेश र स्थानीय सरकार उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्ने देखिन्छ ।

-लेखक तुलसीराम खड्का त्रिवेणी गाउँपालिका -१०, घर भइ हाल जिल्ला निर्वाचन कार्यालय दाङमा नायब सुब्बा पदमा कार्यरत हुनुहुन्छ ।

सोमबार, चैत १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न
मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया
आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु
नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन
मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै
रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

लोकप्रिय

  • १.
    डिजिटल युगमा साक्षरता प्रवर्धन (निबन्ध)

  • २.
    ओली र लेखकलाई पाँच दिन हिरासतमा राखिने

  • ३.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ४.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ५.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

  • ६.
    तुलसीराम खड्काका तीन मुक्तक

भर्खरै

  • १.
    तुलसीराम खड्काका तीन मुक्तक

  • २.
    रुकुम पूर्वमा तीन दिने मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ३.
    मुसिकोटमा राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तर्क्रिया

  • ४.
    आजदेखि यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु

  • ५.
    नेकपा एमाले संसदीय दलको नेतामा बादल चयन

  • ६.
    मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु हुँदै

  • ७.
    रुकुमकोटमा निःशुल्क विशेषज्ञ मानसिक स्वास्थ्य शिविर सम्पन्न

  • ८.
    नेकपा एमालेले तय गर्‍यो आन्दोलनका कार्यक्रम

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.