रुकुम पश्चिम -१४, फागुन ।
Advertisement
नेपाल सरकारले निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यही २० देखि २२ गतेसम्म बिदा दिने निर्णय गरेको हो ।
नेपाल सरकार, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले मुलुकभर ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।
निर्वाचनका सन्दर्भमा यसअघि नै मन्त्रिपरिषद् बाट सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।