रुकुम पश्चिम -२४, भदौ ।
Advertisement
रुकुम पश्चिम प्रहरीले लागु औषध मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । त्रिवेणी गाउँपालिका वडानम्बर -१, का अन्दाजी २९ वर्षीय समिर ओलीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमन्त गिरीका अनुसार लागु औषध (ब्राउनसुगर) मुद्दामा पक्राउ पुर्जी जारी भई अनुसन्धानको सिलसिलामा फरार रहेका प्रतिवादी ओलीलाई पक्राउ गरिएको छ । उनलाई प्रहरी चौकी सिम्रुतु बाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान सिम्रुतु बजारबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले निज प्रतिवादी ओलीको विरुद्धमा तालुक जिल्ला प्रहरी कार्यालय नेपालगंज बाँकेमा लागु औषध (ब्राउनसुगर) मुद्दा रहेको हुँदा आवश्यक थप अनुसन्धान तथा कारबाहीको लागि बाँके पठाइने बताएको छ ।