रुकुम पश्चिम -२९, भदौ ।
Advertisement
हिन्दू महिलाहरूले आज भगवान शिवको पूजा आराधना गरी तिज पर्व मनाउँदैछन् । पति र परिवारको रक्षार्थका लागि व्रत बसेर हिन्दु महिलाहरूले तिज पर्व मनाउँछन् ।
आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । तिजको दिन शिव मन्दिर र शिवालयमा दर्शनार्थीको विशेष भिड लाग्ने गर्दछ ।
हरितालिका तिजले माता पार्वतीले भगवान शिव पाउँ भनी गरेको एकसय ८ वर्षको तपस्याको याद दिलाउने गर्दछ ।
तिजको दिन अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकौँ र विवाहित महिलाहरूले पारिवारिक तथा दाम्पत्य जीवन सफलताको लागि व्रत-आराधना गर्ने गर्दछन् ।