रुकुम पश्चिम -२६, भदौ ।
Advertisement
रुकुम पश्चिममा गतवर्षको जेनजी आन्दोलनका बेला कारागारबाट फरार भएका एकजना कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका वडानम्बर -२, जिपुका २६ वर्षीय दुर्गालाल परियार भन्ने दुर्गालाल दमाई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयले दुर्गालाललाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा बिहिबार राति पक्राउ गरेको बताएको छ । जबरजस्ती करणीमा मुद्दामा १२ वर्ष कैद, पाँच लाख जरिवाना र ५० हजार क्षतिपूर्ति तोकी कारागारमा कैद भुक्तान गरिरहेको बेला जेनजी आन्दोलनकै दिन उनी गेट तोडेर फरार भएका थिए ।
पक्राउ परेका निज कैदीलाई आजै सम्मानित रुकुम जिल्ला अदालत मुसिकोट रुकुम (पश्चिम भाग) मा उपस्थित गराईने प्रहरीले बताएको छ ।