रुकुम पश्चिम -२८, भदौ
Advertisement
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडानम्बर -६, कोकोटगाउँबाट सिम्लीतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । आज बिहान डाँगडुङ्गी मोडमा लु १ च ६०२९ नम्बरको जिप दुर्घटनामा परेर घटनास्थलमा दुईजनाको मृत्यु भएको र अन्य केही यात्रु घाइते भएका छन् ।
दुर्घटनामा त्रिवेणी गाउँपालिका रुघाँ घर भएका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका -६, की १६ वर्षीया प्रेमकला पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । गम्भीर चार जना घाइतेलाई हेलिकोप्टर मार्फत प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
अन्य घाइतेको सानीभेरी अस्पतालमा उपचार भइरहेको छ ।