रुकुम पश्चिम -२७, भदौ ।
Advertisement
नेपालले एसिसी मेन्स प्रिमियर कपको फाइनल खेलमा युएइलाई ३ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको वायुमास क्रिकेट ओभल स्टेडियममा आज भएको फाइनलमा विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १३ रन बनाएको छ । नेपालका लागि ओपनर आसिफ शेखले शतकीय पारी खेले ।
नेपालले आजको खेल जित्न सके एसीसी मेन्स प्रिमियर कपको उपाधिसँगै २०२७ को एकदिवसीय एसिया कपमा स्थान सुरक्षित बनाउनेछ । यसअघि सन् २०२३ को फाइनलमा पनि नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो ।