रुकुम पश्चिम -२६, भदौ ।
Advertisement
काठमाडौंमा जारी एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) मा कर्णाली शिवराज फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा काठमाडौँ रेडलाई ३-१ को सेटले पराजित गर्दै कर्णाली फाइनल पुगेको हो ।
फाइनल प्रवेशसँगै अब कर्णालीले अन्नपूर्ण स्पाइकर सँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
भलिबल इतिहासमै पहिलोपटक आयोजना भएको एनभिएलमा सर्वाधिक २० लाख रुपैयाँको विजेता पुरस्कार घोषणा गरिएको छ ।
एनभिएलको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । एनभिएलको फाइनल भिडन्त शनिबार दिउँसो ४ बजे हुनेछ ।