रुकुम पश्चिम -१७, मङ्सिर ।
Advertisement
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलको नेताबाट राजकुमार शर्माले राजीनामा दिएका छन् । शर्माले आज दलका प्रमुख सचेतक कृष्ण बहादुर जिसीलाई सम्बोधन गरेर पदबाट राजीनामा दिएका हुन् ।
पूर्व मुख्यमन्त्री समेत रहेका उनी नेकपा माओवादी केन्द्र विघठनपछि प्रगतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भएका छन् । तर शर्माले सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
शर्मा २०७९ को प्रदेश सभा निर्वाचनमा रुकुम पश्चिमको निर्वाचन क्षेत्र – १ (२) बाट निर्वाचित भएका थिए ।