रुकुम पश्चिम -२२, असोज ।
नेपालले आज आईसीसी टी ट्वान्टी एसिया इस्ट एसिया प्यासिफिक छनोटमा कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी ८:४५ मा ओमान क्रिकेट एकेडेमीमा सुरु हुनेछ ।
निकै महत्त्वपूर्ण मानिएको आजको खेल दुवै टिमलाई जित्नै पर्ने दबाब देखिएको छ । समूह बी मा रहेको कुवेत र नेपाल आजको जितबाट अगाडि बढ्न चाहन्छन् ।
सुपर सिक्स प्रवेशका लागि पनि यस खेलको नतिजा निकै महत्वपूर्ण मानिएको छ । यदि सुपर सिक्समा पुगेको खण्डमा आजको विजेताले सुपरसिक्समा पनि दुई अंक पाउनेछ ।
नेपालको कप्तानी रोहित पौडेल र कुवेतको मोहम्मद अस्लामले गर्नेछन् ।
यसअघि गत अप्रिलमा चार देश सम्मिलित टी ट्वान्टी आई सिरिजको फाइनलमा कुवेतले नेपाललाई ३ रनले हराएको थियो ।
खेलको लाईभ : आईसीसी टिभीबाट हेर्न सकिनेछ ।
समूह बी का खेलहरु
बुधबार : नेपालविरुद्ध कुवेत, बेलुका ८ : ४५
बिहीबार कुवेतविरुद्ध जापान, दिउँसो ४ : १५
शुक्रबार जापानविरुद्ध नेपाल, दिउँसो ४ : १५