रुकुम पश्चिम -१३, असोज ।
नेपालले टेष्ट राष्ट्र वेस्ट इन्डिजलाई दोस्रो खेलमा आज ९० रनले पराजित गरेको छ । शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले वेस्ट इन्डिजलाई फराकिलो अन्तरले पराजित गरेको हो ।
यो जितसँगै नेपालले टि -२० अन्तर्राष्ट्रिय क्रिकेटमा टेष्ट राष्ट्र वेस्ट इन्डिजलाई पराजित गर्दै २-० को अग्रता कायम गरेको छ । तीन खेलको सिरिजमा एक खेल अगावै नेपालले सिरिज आफ्नो पक्षमा पारेको छ ।
दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई पुरै २० ओभर खेल्दै १ सय ७४ रनको टार्गेट दिएको थियो । तर वेस्ट इन्डिज १७ ओभर एक बलमा अल आउट हुँदै ८३ रनमा समेटियो ।
तीन खेलको सिरिजमा अब तेस्रो खेल मंगलबार शारजाहमा हुँदैछ । नेपालको घरेलु मैदान टीयु निर्माणाधीन हुँदा अर्को सातादेखि ओमानमा हुने टी२० विश्वकप छनोट अघि तयारीको रुपमा नेपालले वेष्टइण्डिजसँग तीन खेलको सिरिज खेलेको हो ।