रुकुम पश्चिम -२८, फागुन ।
Advertisement
अखिल नेपाल महिला संघ (समाजवादी) रुकुम पश्चिमको आठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । मंगलबार सम्पन्न भएको सम्मेलनबाट हिरा रेउलेकाे अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा शुद्धकुमारी भण्डारी, तुलसा मल्ल, सचिवमा सुनिता सुनार, सह-सचिवमा बन्दना खड्का र कोषाध्यक्षमा देउरूपा परियार सर्वसम्मत निर्वाचित भएका छन् ।
नयाँ नेतृत्वले महिला सशक्तीकरण, सामाजिक न्याय र समानताको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् ।