• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, जेठ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

ऐतिहासिक मौराखारा मेला लाग्दै

सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २. रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३. मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४. ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५. सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६. आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७. मुसिकोट -१२ को सार्वजनिक तथा समीक्षा कार्यक्रम सम्पन्न

  • ८. सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

  • ९. विपद् प्रतिकार्य सम्बन्धी पूर्व अभ्यास

  • १०. ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडको आईपीओ जारी

रुकुम पश्चिम -२७, फागुन ।

Advertisement

ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणको लागी आईपीओ जारी गरेको छ । आज बिहान १० बजेदेखि एकसय अंकित मूल्यका दरले १४ लाख  ७६ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि जारी गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आजबाट जारी आईपीओमा छिटोमा चैत ३ गतेसम्म र पूरा आवेदन नपरेमा ढिलोमा चैत १२ गतेसम्म सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

कम्पनीले यसअघि आफ्नो जारी पूँजी अन्तर्गत ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता शेयर आईपीओ निष्काशन गरेको थियो । जसमध्येबाट १० प्रतिशतले हुन आउने एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो ।

त्यस्तै, कम्पनीले ५४ हजार कित्ता कम्पनीका कर्मचारी र ९० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरेको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीको हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ रहेको छ भने खर्च हुन बाँकी लागत २९ करोड नौ लाख ६३ हजार रुपैयाँ रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१५ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ९.७५ वर्ष रहेको छ ।

मङ्गलबार, फागुन २७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले चीनलाई दुईसय २१ रनले हरायो 
ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद
रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 
मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु
सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश
आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

लोकप्रिय

  • १.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • २.
    रुकुम पश्चिममा एकैदिन दश वटा कार्यालयको छड्के अनुगमन

  • ३.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ४.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

भर्खरै

  • १.
    नेपालले चीनलाई दुईसय २१ रनले हरायो 

  • २.
    ढुङ्गाको खोचमा भेटिएको भरुवा बन्दुक बरामद

  • ३.
    रुकुम पश्चिमबाट १४ जना खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

  • ४.
    मुसिकोटमा प्रथम मुसिकोट बहुविषयक राष्ट्रिय सम्मेलन सुरु

  • ५.
    सामुदायिक रेडियो पूर्वी रुकुम १०३ दशमलव २ मेगाहर्ज आठौं वर्षमा प्रवेश

  • ६.
    आज १९ औं गणतन्त्र दिवस मनाइँदै 

  • ७.
    ऐतिहासिक मौराखारा मेला लाग्दै

  • ८.
    सम्पादकीय वा अन्य स्थानमा कालो राख्न पत्रकार महासंघको आह्वान

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.