रुकुम पश्चिम १३, फागुन ।
Advertisement
केही दिन देखि चलिरहेको प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । आज दिउँसो १ बजे संघीय संसद भवन वानेश्वरमा बैठक बस्ने छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपाल हवाइ सेवा विधेयक -२०८१ र नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावको कार्यसूची रहेको छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आमसञ्चार परिषद् विधेययक -२०८१ माथि विचार गरियोस भनी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयको भनाइ छ ।
