रुकुम पश्चिम – २१, माघ ।
आज देशभरी सरस्वती देवीको पुजा गरिदै छ । सरस्वती देवी ज्ञान-विज्ञान, कला-सीप संगीतकी देवी हुन । सरस्वती देवीको पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुन्छ भन्ने जनविश्वास रहि आएको छ ।
आज सबै शिक्षण संस्थामा शिक्षक एवं विद्यार्थीले सरस्वती माताको पूजा अर्चना गर्ने गर्छन् । विद्यालय नगएका बालबालिकालाई अक्षर आरम्भ गराउने गरिन्छ । नयाँ कामको थालनीको सर्वोत्तम साइत पनि आजको दिनलाई उत्तम मानिन्छ ।
द्वापर युगमा श्री कृष्णले सरस्वतीसँग खुसी भई आजको दिन तिम्रो आराधना गरिनेछ भनी वरदानसमेत दिएको हुनाले आजसम्म माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गर्ने चलन चलिआएको छ । आजको दिनलाई सरस्वतीको जन्मोत्सवको रुपमा मनाउने भएकाले यो दिनमा सरस्वतीको पुजा गर्ने चलन रहेको किंवदन्तीमा उल्लेख छ ।
आज देशभरीका शैक्षिक संस्थामा शिक्षक बिद्यार्थीले पुजाको अवसर पारी विविध कार्यक्रम गर्नुको साथै विभिन्न मठमन्दीर लगायत अन्य ठाउँमा मेला समेत लाग्ने गरेका छन ।