रुकुम पश्चिम -१८, भदौ ।
Advertisement
नेपालले एसिसी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज भएको खेलमा घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै जित दर्ता गरेको हो ।
मलेसियाले नेपाललाई जितको लागि एकसय ४ रनको लक्ष्य दिएकोमा नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भयो । नेपालका ओपनर अर्जुन कुमालले अविजित ४५ रन खेले ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाउँदै एकसय ३ रन बनाएको थियो ।
नेपालको तर्फबाट करण केसीले बलिङमा राम्रो सुरुवात दिलाएर चार विकेट लिन सफल भए ।
यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई हराएको थियो ।