रुकुम पश्चिम -१७, भदौ ।
Advertisement
रसुवामा भदौ १० गते बिहान गएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या एघार सय बढी पुगेको छ । आज बिहान ९ बजे सम्मको पछिल्लो विवरण अनुसार एघार सय १४ जनाको शव फेला परेको हो ।
बाढी सम्बन्धी खोज तथा उद्धारको पछिल्लो अपडेटका आधारमा रसुवा देखि चितवनसम्मका आठवटा जिल्लामा विभिन्न मानव अङ्गसहितका शव फेला परेका छन् । बाढीपछि फेला परेका ९४ वटा शव सनाखत भई आफन्तले बुझिलिएका छन् ।
बाढीमा तीन हजार नौसय १६ जना सम्पर्कविहीन भएका छन् । दुईसय ९२ जना घाइतेको उपचार पछि एकसय ८२ जनाको डिस्चार्ज भएको छ ।
झण्डै १२ हजार बढीको उद्धार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा २१ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।