रुकुम पश्चिम -१३, भदौ ।
हे ! भोटेकोसी अश्रुधारा दिलायौ
के लेखौँ ! प्रकृतिसँग रिसाएर
अकस्मात् विपत्तिले पिल्सिएर
कति आपत्तिले रुम्लिएर मेरो देश
आज पनि फेरि ढलेको छ
कयौं सेतु, साइनो टुटेको छ ।
छिमेकी कैलाश सेताम्य हिमालय
चीनका क्षेत्र ल्हेन्दे खोलाका तुफानी रहस्य
भोटेकोसी नेपालका रसुवागढी हुँदै बिस्फोट
कहालीलाग्दो आज अनायासै बनायौ महासङ्कट ।
सुन्दर सपना कति थिए होला आगन्तुकका
सयौंका ज्यान गए यकिन छैन अझै बेपत्ता
रसुवागढी, टिमुरे, चिमिले, स्याफ्रेबेसी, बेत्रावती, त्रिशुली
नुवाकोट, धादिङका नदी तटीय गाउँ अनि शहर
अजीव लाग्दा भए कति ध्वस्त उराठ बगर ।
नारायणीका छालमा कारुणिक लास बेहाल
अनगिन्ती धन सयौं मन विनाश गर्यौ
के साच्चै ! सतीकै सरापमै पर्यौ
अकल्पनीय भयङ्कर प्रलय बनायौ ।
हे गोसाइँकुण्ड ! हे कैलाश वरुण देव
हे प्रकृति ! तिमी महान देवभूमी हौ
तिमी जस्तो शक्तिशाली यो लोकमा
कोहि हुनै सक्दैन जो गर्छ उ पतनै हुन्छ ।
एक यो जीवनको मनुष्य चोला
किन दर्दनाक रमिते बनायौ लीला
हे भगवानरुपि आत्मा ! यस्तो अनिष्ट
सन्देश पुर्याएको भए यत्रो हुदैनथ्यो खेर
दिन र ऋण हाम्रै रैछ तकदिर नेपालको ।
सब एक भै अब गरौं हातेमालो देश फेरि उठाउन
सुन्दर गामवेशी बस्ती आजै बनाउन
यथेष्ट सचेत भै बनाउन संरचना, घर
एकजुट बनी देश निर्माण गर्न जहिल्यै मान्नु रहर ।