रुकुम पश्चिम -१२, साउन ।
Advertisement
पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले कुनै पनि जित हासिल नगरी प्रतियोगिताबाट बाहिरिएको छ । पाँचौं स्थानका लागि आज भएको कजाखस्तानसँगको खेलमा ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल च्याम्पियनसिपबाट बाहिरिएको हो ।
च्याम्पियनसिपमा आज भएको अन्तिम खेलमा नेपाल पराजित भएसँगै अङ्कतालिकाको छैठौँ स्थानमा रह्यो ।
६ वटा देश सम्मिलित च्याम्पियनसिपका सुरुवाती खेलहरूमा केही सन्तोषजनक प्रदर्शन गरेको नेपालले पछिल्ला दुई खेलमा निकै कमजोर प्रदर्शन गर्न पुग्यो ।
पछिल्लो दुईवटै खेलमा नेपालले सोझो सेटमा हार ब्यहोर्दै काभा च्याम्पियनसिपमा कमजोर टिम बनेको छ ।
फाइनल पुग्ने लक्ष्यका साथ पाकिस्तान पुगेको नेपालले यसपटकको प्रतियोगितामा कमजोर प्रदर्शन गर्दा नेपाली भलिबल समर्थकलाई निराश बनाएको छ ।