• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

राप्रपाबाट पूर्णरूपमा अलग हुँदै रवि किरणले दिए राजीनामा


रुकुम पश्चिम -११, वैशाख ।

Advertisement

जेनजी आन्दोलनका अगुवा तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमालले पार्टीबाट पूर्णरूपमा अलग भएको घोषणा गर्दै राजीनामा दिएका छन् ।

 

लोकतन्त्र दिवसको अवसरमा आज एक प्रेस वक्तव्य जारी गरी हमालले व्यक्तिगत स्वार्थभन्दा बाहिर रहेर पछिल्लो एक दशकदेखि सुशासन, सुसंस्कृत राजनीतिक संस्कार र स्थायित्वका लागि निरन्तर प्रयत्न गर्दै आएको उल्लेख गर्दै औपचारिक रूपमा राजीनामा दिएको बताएका हुन् ।

 

उनले जेनजी आन्दोलनमा सक्रिय सहभागिता जनाउँदा गोली खान तयार भएको, भाद्र २३ गते पक्राउ परेको र राजनीतिक विचारका आधारमा अवमूल्यन हुनुपरेको स्मरण गरेका छन् । निर्वाचनमा जनस्तरबाट आफ्नो राजनीतिक विचारभन्दा फरक ढङ्गले अघि बढ्न आग्रह भएको पनि उल्लेख छन् ।

 

‘सम्पूर्ण राष्ट्र र मेरो पुस्ताका युवाहरूको भावना, ऊर्जा, सपना तथा परिवर्तनको तीव्र चाहनालाई गहिरो रूपमा हृदयङ्गम गर्दै जनताको सार्वभौम इच्छा र आकांक्षालाई आत्मसात् गरेर नै यो यात्रामा होमिएको थिएँ,’ वक्तव्यमा उल्लेख छ ।

 

हमालले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन र जेनजी आन्दोलनका क्रममा जनताले गरेको स्पष्ट संकेत, दिशाबोध तथा आकांक्षालाई सम्मान गर्दै यो जिम्मेवार र सचेत कदम चालेको स्पष्ट पारेका छन् । उनले यो निर्णय कुनै निराशा वा असन्तुष्टिको परिणाम नभई जनता र आफ्नो पुस्ताको भावनालाई स्वीकार गर्दै लिएको बताएका छन् ।

 

आगामी दिनमा उनी राष्ट्र र जनताको सेवालाई अझ दृढ संकल्प, उत्साह र उच्च ऊर्जाका साथ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । जेनजी आन्दोलनको स्वच्छता, साहस, निष्पक्षता र परिवर्तनकारी स्पिरिटलाई राजनीति तथा राजकाजमा पूर्ण रूपमा व्यवहारिक रूपमा लागू गर्न निरन्तर लड्ने, योगदान दिने र अग्रसर रहने उनको भनाइ छ ।

 

मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको रक्षाका लागि, सुशासन, भ्रष्टाचारमुक्त शासन व्यवस्था र तीव्र आर्थिक उन्नतिमार्फत गुणस्तरीय जीवन सुनिश्चित गर्न आफू सदैव अग्रपंक्तिमा रहने उनले उल्लेख गरेका छन् ।

 

रवि किरण हमालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन तथा सम्पूर्ण पार्टीले आफूप्रति देखाएको असीम विश्वास, स्नेह र साथप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।

 

रवि किरण हमाल जेनजी आन्दोलनबाट उदाएका युवा नेता हुन् । उनी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।

शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.