रुकुम पश्चिम -२, फागुन ।
बिग्रिएकोलाई राम्रो बनाउनु अर्थात् सुधारेर लैजानु भन्ने मूल उद्देश्यका साथ सञ्चालनमा आएको सुधार न्युज अनलाइन मिडियाले आजदेखि एक वर्ष पूरा गरेको छ । सुधार मल्टिमिडिया प्रालि मार्फत सञ्चालित सुधार न्युजले यस अवधिमा आम पाठकवर्ग र विज्ञापनदाता लगायत सबैको विश्वासलाई जित्दै एक वर्ष पूरा गरेको छ ।
यो एक वर्षको कठिन र चुनौतीपूर्ण यात्रामा हामीले सूचना, समाचार र प्रविधिको शक्तिशाली विश्व बजारलाई सदुपयोग गर्दै नागरिकका समस्यालाई उठान गर्ने र सम्बन्धित सरोकारवाला निकायलाई जवाफदेही बनाउने कोसिस गरेका छौं । यो निरन्तर यात्राले कुनै पनि व्यक्ति र आजको समाजलाई सही बाटोमा हिँड्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
हाम्रो यात्राको सुरुवाती चरणदेखि आजका दिनसम्म सुधार न्युजले उठान गर्दै आइरहेका विषयवस्तु र समाचारमा विश्वास गर्ने सम्पूर्ण पाठक वर्गलाई धन्यवाद व्यक्त गर्दछौं । त्यसैगरी हामीसँग सहकार्य गर्ने विज्ञापनदाता, स्थानीय सरकार र सबै सरोकारवाला निकायलाई पनि हार्दिक कृतज्ञता प्रकट गर्दै थप सहकार्य र हातेमालोको अपेक्षा राख्दछौँ ।
अन्तमा आगामी दिनमा हामीले उठान गर्ने समाचार र विषयवस्तुले अझै पनि व्यक्तिगत, सामाजिक र प्राविधिक सुधारमा सहयोग पुर्याउनेछ । अर्थात् सुधार न्युजले प्रवाह गर्ने समाचारबाट कुनै पनि व्यक्तिले आफ्नो व्यक्तिगत आनीबानी, ज्ञान तथा सीपमा सुधार गर्नेछ । समाजका असल र खराब पक्षलाई सुधार गर्दै नयाँ र न्यायपूर्ण व्यवस्थामा सघाउ पुर्याउन मद्दत गर्नेछ । त्यस्तै कुनै पनि वस्तु, प्रणाली वा प्रक्रियालाई अझ प्रभावकारी एवं सशक्त बनाउन सुधार न्युज सधैँ एक कदम अगाडि रहने छ ।
हाम्रो यस यात्रामा तपाईँहरूको साथ निरन्तर रूपमा अझ सशक्त र प्रभावकारी रहने विश्वास व्यक्त गर्दछौँ ।
सुधार न्युज ।