रुकुम पश्चिम -९, साउन ।
मोबाइल तिमी प्रियसी भन्दा कम छैनौ
आजको विश्व दुनियाँ तिम्रै हातमा छ
तिमी बिना बाच्न जीवन पुरा छैन
हरेकको रोजाइ अनेकको साथमा छौ ।
संसारको कुनामा के छ त्यो थाहा हुन्छ
तिमीले गर्दा नै यो सबै सम्भव भएको हो
तिमी नभए त तड्पाइमा बेहाल हुन्छ मान्छे
यस्तो बिछट्टै सम्बन्ध बसेको तिमीसंग ।
भुई मान्छे पनि सञ्जालभरि भाइरल हुन्छन्
ठुला मान्छे भन्नेहरु पनि उदाङ्गै पर्छन्
के अनौठो लाग्छ चर्चाका लागि जे पनि गर्छन्
तिम्रै संगतले मान्छेहरु अनेक मौका गर्छन् ।
सुख बिलासी यति बनायौ कि तिमीले
भान्सामा भोजन बनाउँदा भोकै भुल्छ
अबोध बालक पनि रुँदा हाँस्ने ओखती
वृद्ध वृद्धा-किन्नर किन्नरी घोप्टे पर्छन् कति ।
कोहीलाई सत्ता चलाउन लिने बनाएको छ
कसैको सत्ताच्युत तिम्रै आड्मा भएको छ
कसैको जीवनमा महल बन्दै गएको छ
कसैको घर भत्किदै गएर ढलेको छ ।
तिम्रो साथ अब कसले पो छोड्न सक्ला
अझै रंगिन बन्दै दुरगामी सम्बन्ध होला
आखिर मानवकै उपजको हो तिम्रो चोला
सहि पथमा सदुपयोग भइ चलोस् तिम्रो लिला ।