रुकुम पश्चिम -१२, साउन ।
Advertisement
कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त भएका छन् । शाही नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा आज नियुक्त भएका हुन् ।
प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो । तर, नवनियुक्त मुख्यमन्त्री शाहीले बुधबार मात्रै शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
नेकपा एमाले र नेकपाको केन्द्रीय निर्णय अनुसार कर्णाली प्रदेशमा नेकपालाई मुख्यमन्त्रीको भागबण्डा परेको थियो ।
सोही आधारमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता रहेका शाही कर्णाली प्रदेश सरकारको पाँचौं मुख्यमन्त्रीको रुपमा नियुक्त भएका हुन् ।