रुकुम पश्चिम -१४, माघ ।
Advertisement
रातिदेखि सुरु भएको मौसमी बदलीका कारण आज देशैभर मध्यम वर्षा र हिमपात भइरहेको छ । हाल पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले देशको हिमाली तथा पहाडी भूभागमा वर्षासँगै हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णतया बादल लाग्नेछ । बाँकी पहाडी र तराईका भू-भागमा साधारणतया बादल लाग्नेछ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा मध्यम हिमपात/वर्षाको सम्भावना समेत रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भू-भागका केही स्थानहरूमा मध्यम वर्षा तथा बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र कोशी प्रदेशको तराईको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।