रुकुम पश्चिम -१८, असोज ।
Advertisement
रुकुम पश्चिमका राम बि पुन सर्वोत्कृष्ट सुगम संगीत नव मोडलको नोमिनेसनमा परेका छन् । दोस्रो बि स्टार फिल्म म्युजिक अवार्ड २०८२ का लागि ‘माया गर्छु म’ बोलको गीतबाट नोमिनेसनमा परेका हुन् ।
सर्वोत्कृष्ट नव मोडलमा पुनसँगै अन्य चारजना प्रतिस्पर्धी पनि नोमिनेसनमा परेका छन् । नव मोडल पुनलाई भोट गर्नका लागि ई सेवामा गएर भोट गर्न सकिनेछ ।
यो अवार्ड केही दिनपछि भव्य कार्यक्रमका बिच काठमाडौँमा वितरण गरिने छ । नेपाली सुगम सांगीतिक क्षेत्रमा केही वर्ष अघि डेब्यु गरेका रुकुम पश्चिमका नव मोडल पुनले आफूलाई भोट गर्न दर्शक तथा शुभचिन्तकलाई आग्रह गरेका छन् ।