• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आज हरितालिका तिज मनाइँदै 

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

नर्सिङ कर्मचारीलाई तालिम


रुकुम पश्चिम -१, असोज ।

Advertisement

रुकुम पूर्वका नर्सिङ कर्मचारीलाई लक्षित गरी आजदेखि मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी ६ दिने तालिम बुटवलमा सुरु भएको छ । स्वास्थ्य तालिम केन्द्र बुटबलकोे आयोजना र नेपाल जनजागरण मञ्च रुकुमको आर्थिक तथा प्राविधिक सहयोगमा तालिम सुरु भएको हो ।

 

मानसिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तालिम सुरु गरिएको नेपाल जनजागरण मञ्चले बताएको छ । मानसिक स्वास्थ्य अझै पनि अन्य स्वास्थ्य सेवाको तुलनामा ओझेलमा परेका कारण नर्सिङ कर्मचारीलाई विशेष तालिम दिई मानसिक स्वास्थ्यलाई समुदाय स्तरमै प्रभावकारी ढंगले अघि बढाउने कार्यक्रमको उद्देश्य रहेको छ ।

 

कार्यक्रममा बोल्दै स्वास्थ्य तालिम केन्द्रका जनस्वास्थ्य प्रशासक शिव नेपालीले नेपालमा गैर-संक्रामक रोगहरूमध्ये करिब १८ प्रतिशत समस्या मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको बताए ।

 

१३ देखि १७ वर्षका किशोर-किशोरीमध्ये करिब ६ प्रतिशत र १८ वर्षभन्दा माथिका वयस्कमध्ये १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको उनको भनाइ छ । उनले विशेषगरी प्रजनन उमेर समूहमा आत्म हत्याको समस्या अत्यन्तै गम्भीर रहेको उल्लेख गर्दै यसलाई सामाजिक तथा स्वास्थ्य दुवै दृष्टिले सम्बोधन गर्नु पर्ने बताए ।

 

समानसिक समस्या शारीरिक रोगभन्दा कम खतरनाक नभएको भन्दै समयमै पहिचान, उचित परामर्श र उपचारले मानिसलाई सामान्य जीवनमा फर्काउन सकिने र मानसिक स्वास्थ्यप्रति अझै पनि समाजमा गलत बुझाइ, लाज र छिपाउने प्रवृत्ति रहेको स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुवन कुँवरले जानकारी दिए ।

 

“मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा छ ।यसले केवल बिरामी व्यक्तिलाई मात्र होइन, परिवार र समुदायलाई समेत प्रभावित पार्छ । त्यसैले स्वास्थ्यकर्मीहरूले नजिकबाट बुझ्ने, प्रारम्भिक उपचार दिने र आवश्यक परामर्श तथा सिफारिस गर्ने काममा अग्रसर हुनुपर्छ, कुँवरको भने ।”

 

नेपाल जागरण मञ्च रुकुमका सह सचिव दिपेन्द्र महतराले २०६३ सालमा स्थापना भएको संस्थाले स्थापनाकालदेखि नै मानसिक स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम, शिविर र तालिम लगायत कार्य गर्दै आएको बताए ।

 

नेपाल जनजागरण मञ्च मानसिक स्वास्थ्य क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने कार्यमा सक्रिय रूपमा लागिरहेको र संस्थाले ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यबारे चेतना जगाउने, शिविर संञ्चालन गर्ने विद्यालय स्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्ने कार्य गर्दै आएको मञ्चका सह-सचिव महताराको भनाइ थियो ।

 

कार्यक्रममा रुकुम पूर्वका १२ जना नर्सिङ कर्मचारीको उपस्थिति रहेको छ । तालिम उद्घाटन स्वास्थ्य तालिम केन्द्र बुटवलका निमित्त निर्देशक भुवन कुँवरको अध्यक्षता रहेको थियो ।

 

कार्यक्रममा जनस्वास्थ्य प्रशासक शिव नेपाली प्रमुख तथा, नेपाल जनजागरण मञ्चका सहसचिव दिपेन्द्र महताराको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै मनोरोग विशेषज्ञ बिनोद पौडेल, नेपाल जागरण मञ्च रुकुमका pro-Act परियोजनाका परियोजना अधिकृत रुकुम टमटा, पत्रकार लगायतको उपस्थिति रहेको बताइएको छ । कार्यक्रमको सञ्चालन नर्सिङ निरीक्षक सबिता ज्ञाबलीले गर्नु भएको हो ।

बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज हरितालिका तिज मनाइँदै 
बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    आज हरितालिका तिज मनाइँदै 

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ७.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.