रुकुम पश्चिम -२९, असार ।
टि ट्वान्टी विश्वकप एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोटका लागि ३२ जना क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज ३२ जना क्रिकेटरलाई प्रशिक्षणमा बोलाएको हो ।
प्रारम्भिक टोलीमा मोहम्मद आदिल आलम राष्ट्रिय टोलीमा परेका छन् । आदिल केही वर्ष अघि नेपाल टि ट्वान्टी लिगमा फिक्सिङको आरोपमा प्रतिबन्धमा परेका थिए ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दैछ । त्यसअघि अस्ट्रेलिया भ्रमण गर्ने नेपालले वेस्ट इण्डिजसँग ३ खेलको टि ट्वान्टी आई सिरिज पनि खेल्नेछ ।
यसै तयारीका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको बताइएको छ ।
नेपालको प्रारम्भिक टोली
रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, बिबेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, आदिल आलम, पवन सर्राफ, शेर मल्ल, सुभ कंसाकर, अर्जुन घर्ती ।