• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

आज हरितालिका तिज मनाइँदै 

बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

कर्णाली शिवराज एनभिएल फाइनलमा

जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

लोकप्रिय समाचार

  • १. सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २. बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३. अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४. जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५. एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६. कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ७. एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ८. एनभिएल फाइनलमा अन्नपूर्ण स्पाइकर  

  • ९. लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

  • १०. ओमानलाई पराजित गर्दै नेपाल एसिसी मेन्स प्रिमियर कपको फाइनल प्रवेश 

रूकुम कप भलिबलको तेस्रो संस्करण आजबाट सुरु


रुकुम पश्चिम -१८, जेठ ।

Advertisement

कर्णाली प्रदेशकै ठुलो भलिबल प्रतियोगिता रुकुम कप भलिबलको तेस्रो संस्करण आजबाट सुरु हुँदै छ । रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हरेक वर्ष हुने प्रतियोगिताको तेस्रो संस्करण आजबाट जिल्ला सदरमुकाम मुसिकोट खलङ्गाको बराहटाकुरामा सुरु हुन लागेको हो ।

 

प्रतियोगिताको तयारी पूरा भएको आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको आज दिउँसो २ बजे मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतियोगिताको महिला तथा पुरुष दुवै तर्फ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी हुने आयोजकले जनाएको छ ।

 

प्रतियोगिता पुरुष तर्फ खुला पालिका स्तरीय र महिला तर्फ खुला हुने आयोजकले जनाएको छ । पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

 

उप विजेताले २ लाख ९१ हजार पाउँदा तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कार पाउने अध्यक्ष  बुढाले बताए । कप, मेडल र प्रमाणपत्र समेत रहने छ ।

 

विधागत तर्फ व्यक्तिगत रूपमा पनि खेलाडी पुरस्कृत गरिने आयोजकको भनाइ छ । सर्वोत्कृष्ट खेलाडीलाई १० हजार नगद सहित पुरस्कृत गरिने छ भने वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ५ हजार पुरस्कार प्रदान गरिने छ ।

 

पुरुष तर्फ नेपाल भरीका पालिकाले सहभागिता जनाउन पाउने छन् भने अनिवार्य रूपमा तीन जना खेलाडी पालिका बाहिरका राख्न पाइनेछ । त्यसबाहेक लिबेराे पनि पालिका बाहिरको राख्न पाइने छ । पालिका बाहिरका खेलाडी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हुन सक्नेछन् ।

 

त्यस्तै महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।

 

विधागतमा महिला तर्फ पनि व्यक्तिगत रूपमा पनि खेलाडी पुरस्कृत गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट ब्लकर, वेस्ट डिफेन्डर, वेस्ट सर्भर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई समान ३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

 

यो प्रतियोगिता कर्णाली प्रदेशकै ठुलो रहेको छ । प्रतियोगिताका लागि करिब ३१ लाख खर्च लाग्ने अनुमान गरिएको छ । जिल्लाको भलिबल विकास गरी रुकुमलाई खेलकुदको हबका रूपमा विकास गर्नुका साथै खेल पर्यटनको विकासका लागि रुकुम कप भलिबलको परिकल्पना गरिएको बताइएको छ ।

 

प्रतियोगिताको मिडिया पार्टनरमा कखरा डट कम रहेको छ । प्रतियोगिताका सबै खेल कखरा डट कमको युट्युब, फेसबुक र राजा क्रिएसन घरबाट हेर्न सकिनेछ ।

आइतबार, जेठ १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज हरितालिका तिज मनाइँदै 
बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 
सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते
अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 
एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो
एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

लोकप्रिय

  • १.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ४.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

भर्खरै

  • १.
    आज हरितालिका तिज मनाइँदै 

  • २.
    बोलेरो दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो 

  • ३.
    सानीभेरीमा बोलेरो दुर्घटना हुँदा दुईजनाको मृत्यु, केही घाइते

  • ४.
    अन्नपूर्ण स्पाइकर्सले जित्यो एनभिएल उपाधि 

  • ५.
    एसिसी मेन्स प्रिमियर कपको उपाधि नेपालले जित्यो

  • ६.
    एसिसी मेन्स प्रिमियर कप : नेपालद्वारा युएइलाई तीनसय १४ रनको लक्ष्य

  • ७.
    कर्णाली शिवराज एनभिएल फाइनलमा

  • ८.
    जेनजी आन्दोलनको बेला कारागारबाट फरार कैदी पक्राउ

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.