• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

लोकप्रिय समाचार

  • १. मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. कविता – ‘उदेक लाग्छ’

  • ४. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६. कविता – ‘मोबाइल लीला’

  • ७. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ८. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ९. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • १०. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

यू-१६ पालिका कप: मुसिकोट र सानीभेरीकाे विजयी सुरुवात


रुकुम पश्चिम -१८, वैशाख ।

Advertisement

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडानम्बर -६, को ट्याखाेलामा आजबाट सुरु भएको प्रथम पालिका कप क्रिकेट प्रतियोगितामा मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा मुसिकोटले त्रिवेणी गाउँपालिकालाई २० रनले पराजित गरेको हो ।

 

टस जितेर पहिला ब्याटिङको निम्तो पाएर ब्याटिङमा उत्रिएको मुसिकोटले ९.३ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो । मुसिकोटका विक्रम ओलीले २४ रनको पारी खेलेका थिए । ८१ रनको लक्ष सहित जबाफी ब्याटिङमा उत्रिएको त्रिवेणी ६० रनमा समेटियो । मुसिकोटको जितमा विक्रम ओलीले सर्वाधिक ४ विकेट लिए । मुसिकोटलाई जिताउन ब्याटिङ र बलिङका उत्कृष्ट प्रदर्शन गरेका विक्रम ओली प्लेयर अफ द म्याच घोषित भए ।

 

दोस्रो खेलमा सानीभेरीले चौरजहारी नगरपालिकालाई ५ विकेटले पराजित गर्याे । टस जितेर ब्याटिङ रोजेको चौरजहारी ७० रनमा समेटियो । चौरजहारीलाई सस्तैमा समेट्न सानीभेरीका भुवन भण्डारीले ३ विकेट लिए । ७१ रनको लक्ष पछ्याएको सानीभेरीले १० ओभरमा ५ विकेटको क्षतिमा लक्ष पूरा गर्याे । बलिङ र ब्याटिङमा राम्रो गरेका सानीभेरीका भुवन भण्डारी प्लेयर अफ द म्याच बने । उनले १४ रनको योगदान गरेका थिए ।

 

प्रतियोगिताको भोलीको पहिलो खेल मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिका बिचमा बिहान ९ बजे सुरु हुने आयोजक जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ । दोस्रो खेल चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिका बिचमा हुने छ । प्रतियोगितामा मुसिकोट, चौरजहारी, सानीभेरी र त्रिवेणी सहभागी छन् । सहभागी सबै चार टिमले एक अर्कासँग खेल्ने छन् भने अंक तालिकाको १ , २ नम्बरमा रहने टिमले फाइनल खेल्ने जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो ।

 

फाइनल खेल शनिवार हुने छ । प्रतियोगिताको विजेताले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउँदा उप विजेताले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ओलीले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर र फिल्डरले समेत पुरस्कार पाउनेछन् । याे खेलबाट जिल्लाको टिम समेत छनोट गरिने ओलीले बताउनुभयो । उक्त टिमले राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोटमा भाग लिने छ ।

 

जिल्लामा पहिलो पटक १६ वर्ष मुनिको प्रतियोगिता आयोजना भएको हो । जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघ र देव्यानी स्पाेर्टस मुसिकोट ५ बागबजार मिलेर प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको आज मुसिकोट नगर प्रमुख महेन्द्र केसीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित
कविता – ‘उदेक लाग्छ’

लोकप्रिय

  • १.
    मुसिकोटका बलवीर २४ घण्टा नबित्दै फर्किए पुरानै पार्टीमा

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    कविता – ‘उदेक लाग्छ’

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ६.
    कविता – ‘मोबाइल लीला’

भर्खरै

  • १.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • २.
    काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • ३.
    काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ४.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ५.
    काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ६.
    कविता – ‘उदेक लाग्छ’

  • ७.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ८.
    कविता – ‘मोबाइल लीला’

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.