• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

नेपालले आज नेदरल्यान्डसँग खेल्दै

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

कविता – ‘उदेक लाग्छ’

सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

कविता – ‘मोबाइल लीला’

लोकप्रिय समाचार

  • १. कविता – ‘उदेक लाग्छ’

  • २. सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३. त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४. कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५. कविता – ‘मोबाइल लीला’

  • ६. काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

  • ७. काभा च्याम्पियनसिपमा आज नेपालले श्रीलङ्कासँग खेल्दै

  • ८. काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित

  • ९. काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन

  • १०. नेपालले आज नेदरल्यान्डसँग खेल्दै

पत्रकार रजकलाई सहिद घोषणा गर्न समाजवादी प्रेस संगठनको माग

रुकुम पश्चिम -३१, चैत ।

Advertisement

समाजवादी प्रेस संगठन नेपालले राजावादी आन्दोलनको समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्न माग गरेको छ । भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको रहस्यमय हत्या गरिएको भन्दै संगठनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्न र सहिद घोषणा गर्न सरकारसँग माग गरेको हो ।

‘भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको हत्या गरिएको छ । यो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका साथै मानव अधिकारमाथिको हमलाको निर्लज्ज उदाहरण हो । हाम्रो संगठन पत्रकार रजकको हत्याको घोर निन्दा र भर्त्सना गर्दछ । उक्त रहस्यमय हत्याको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गर्न, स्व. पत्रकार रजकलाई शहीद घोषणा गर्न र परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्दछौँ । समाजवादी प्रेस संगठन, नेपालका अध्यक्ष शम्भु श्रेष्ठले भने ।”

समाजवादी प्रेस संगठन नेपालले रजकको परिवारलाई ५० हजार आर्थिक सहयोग गरेको छ । अध्यक्ष श्रेष्ठको नेतृत्वमा संगठनका पदाधिकारीले उक्त रकम शनिबार रजकको परिवारलाई भेटेर हस्तान्तरण गरेका छन् ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले समाजवादी प्रेस संगठन नेपाल पत्रकारको हकहित र भौतिक सुरक्षाका निम्ति संवेदनशील रहेको बताए । पत्रकारको सुख, दुःखमा संगठन, सदैव साथसाथै हुने उनले बताएका छन् ।

“लोकतान्त्रिक मुलुकमा समाचार संकलनको क्रममा पत्रकार मारिनुपर्ने विडम्बनापूर्ण स्थिति भोग्न हामी बाध्य भएका छौँ । राज्य र आन्दोलनकारी दुबैको निशानामा पत्रकार पर्दै आएका छन् । समाचार संकलनकै क्रममा पत्रकार मारिनुपर्ने अवस्थाले भयावह स्थिति चित्रित गर्छ । अध्यक्ष श्रेष्ठले भनेका छन् ।”

आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालले आज नेदरल्यान्डसँग खेल्दै
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 
काभा च्याम्पियनसिपमा नेपालको कमजोर प्रदर्शन
काभा च्याम्पियनसिप : नेपाल उज्बेकिस्तान सँग सोझो सेटमा पराजित
त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात
काभा च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल पराजित

लोकप्रिय

  • १.
    कविता – ‘उदेक लाग्छ’

  • २.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

  • ३.
    त्रिवेणीबाट करिब दुई करोडको अदुवा निर्यात

  • ४.
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाही नियुक्त 

  • ५.
    कविता – ‘मोबाइल लीला’

  • ६.

  • ७.
    कविता – ‘उदेक लाग्छ’

  • ८.
    सेरा बालुवामा आयोजित खुल्ला पुरुष भलिबलको उपाधि रुकुम भलिबल प्रशिक्षण केन्द्रलाई

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.