• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
आइतबार, मङि्सर २८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

लोकप्रिय समाचार

  • १. एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २. परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३. प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४. कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५. एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६. एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

  • ७. विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ८. सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ९. कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • १०. लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

नेता र नेपालको वर्तमान राजनीतिक अवस्था


प्रेम ओली

Advertisement

रुकुम पश्चिम -१९, चैत ।

संसारले आदर्श ठान्ने गौतम बुद्धको जन्मस्थल हो नेपाल । हिमाल, पहाड, तराई र मधेसको अनौठो मिश्रण अनुपम गाथा हो हाम्रो नेपाल । अथाह प्राकृतिक सुन्दरताको नाम हो नेपाल । सयौँ भाषा सयौँ जाति सयौँ संस्कृति र सयौँ परम्पराले सुसज्जित नाम हो नेपाल । थुप्रै सम्भावना बोकेको सृष्टिकै अमूल्य वरदान हो नेपाल । हाम्रो नेपाल, हामी नेपाली । कसले रच्यो होला यति प्रिय नाम ..?

 

नेपाल हो हाम्रो देश तर पनि हामी नेपालीको विगत, वर्तमान र भविष्य गोलमटोल भईरहेकाे छ । यो चिन्ता विगतले ल्याएको हो । हामीलाई विगतले शान्तिसँग बाँच्न दिएन, अमन चयन दिएन, विकास दिएन, निकास दिएन, आत्मसन्तुष्टि दिएन । सर्वहारा जनताका दुःखदर्दका कथाहरूमा कमी ल्याएन ।

 

विगतले धेरै अर्थमा आँसु दियो, दियाे त केवल नागरिकलाई धेरै घाउहरू, पीडाहरू, अभावहरू, धोकाहरु, छलकपटहरू, अराजकता, दण्डहीनता र भ्रष्टाचारका कैयौं पाठ दियो विगतकाे राजनीतिले ।

नेपालीको वर्तमान अवस्था भनेको अराजकता हो, असफलता हो, अकर्मण्यता हो, अव्यवस्थित हो, अनियन्त्रित हो, असमानता हो, अलोकप्रियता हो । भ्रष्टाचार हो ।

फेरि वर्तमानमा दिनप्रतिदिन अवस्था विकराल बन्दै छ । नेपाल अस्तव्यस्त बन्दै गएको छ । देशमा अन्याय, अत्याचार, विभेद र स्वेच्छाचारिताले सीमा नाघेको छ । अनिश्चितताको भुमरीमा फसिरहेको छ । मह‌ङ्गीले मान्छेको जीवन सकसपूर्ण भएको छ । आज कसरी बाँच्ने भन्ने कुराको ठूलो पिरलो छ । संसार एक्काइसौँ शताब्दीमा पुगिसक्यो तर पनि जनताहरु आज नेपालमा भोकले, शोकले र रोगले मरिरहेका छन् ।

 

झाडापखाला, सुत्केरी व्यथा, निमोनिया, आउँ, कुषोषण, पोलियो, हैजाजस्ता महामारीले आक्रान्त छ समाज । अझै पनि लाउन, खान, बस्न, पढ्न नपाउने बालबालिका थुप्रै छन् हाम्रो नेपालमा । आजभोलि विकासको कुरा हुन्छ, तर विनास गर्छन, नेताहरु महानताको आदर्श फलाग्दै कृष्ट र घटिया काम गर्छन् ।

 

सहमति भनेर खुब कराउँछन् तर असहमतिकै खेती गर्नमै रमाउँछ न्नेताहरु । हातेमालो गर्नुपर्छ भनेर हात मिलाउँछन् तर एकै छिनमा कुर्सी कै लागी तँछाड र मछाडको रस्साकस्सीमा भुल्छन् । व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने कुरा गर्छन् तर झन भन्दा झन् तल भासिन्छन् । नेताहरु असल राजनीतिज्ञ बन्ने अर्ती दिनेहरू नै कु-राजनीतिको चरित्र धारण गर्छन् । यतिबेला हामी नेपालीको वर्तमान अवस्था भनेको अराजकता हो, असफलता हो, अकर्मण्यता हो, अव्यवस्थित हो, अनियन्त्रित हो, असमानता हो, अलोकप्रियता हो । भ्रष्टाचार हो ।

 

अङ्ग्रेजीमा एउटा भनाइ छ ‘मर्निङ सोज द डे’ अर्थात् बिहानीले दिनको सङ्केत गर्छ । के आजको हाम्रो देशको बिहानीले राम्रो दिनको सङ्केत गरेको छ त ? के लाग्छ तपाईंलाई..? परिवर्तन हुँदैन भनेर विज्ञानको सार्वभौमिक नियमलाई इन्कार गर्न खोजेको पनि होइन । देश पनि दिनानुदिन परिवर्तित भइ‌ छोड्‌छ, तर परिवर्तन कस्तो हुने ?

खासमा हुनुपर्ने परिवर्तन सकारात्मक हो । प्रगतिशील हो । परिवर्तनको स्तरीयता र गुणात्मकताको हो । समयसँगै जीवनशैलीमा आउने परिवर्तन, चेतनाको स्तरमा आउने परिवर्तन, सुगमता, स्तरीयता र आरामको परिवर्तन नै जनताले चाहाने परिवर्तन हो । समाजको बनावट कस्तो हुने ? स्वरूप कस्तो हुने ? विकासकाे गति कुन हुने ? यी कुरा नै परिवर्तनका मापक हुन जस्तो लाग्छ ।

 

अहिले समाजमा विद्यमान समस्याहरू,तमाम छन् । अन्योलताहरू, अराजकताहरू कति हल हुने कति हल नहुने ? सम्भावनाका फूलहरू कति फूल्ने कति नफूल्ने ? जनताकाे जीवनकाे भविष्य कस्तो हुने भन्ने कुरा देशको राजनीतिक भविष्यले पनि निर्धारण गर्छ । व्यक्तिगत रूपमा हामी जतिसुकै प्रगति उन्नति गरौं, यदि देशको प्रगति उन्नति भएन भने नेपाली जनता सुखी हुन सक्दैनन्, किनकि प्रत्येक व्यक्तिका सफलता असफलता सुख दुःखका कुरा प्रत्यक्ष अप्रत्यक्ष देशको शासन सत्तामा निर्भर रहन्छन् । यदि देश सम्पन्न भयो भने जनता पनि सम्पन्न हुन्छन् । देशमा शान्ति र अमनचयनमा छ भने जनताको जीवनमा पनि शान्ति र अमनचयन हुन्छ ।

 

हामीले आफ्नो बारेमा मात्र सोचेर हुँदैन । सदैव व्यक्तिको जीवनभन्दा देश र जनता माथि हुन्छ । हामी सारा जनताको भविष्य देशसँग जाेडिएकाे छ । त्यसैले हामीले गम्भीर भएर यो सङ्कटको बेला समाधानार्थ सोच्नुपर्ने बेला भएको छ । हाम्रो विगत र वर्तमानबारे, भविष्यबारे पनि । यदि समयमै साेचेनाै र गरेनौँ भने कालान्तरमा पछुताउनु बाहेक केही गर्न सकिदैन । विगतको समीक्षा गरौं, सँग-सँगै गरौं वर्तमानको मूल्याङ्कन पनि र के गर्न जरुरी छ भन्ने मूल कुरो पनि पत्ता लगाऊँ । किन भयो यस्तो ? सही सत्यतथ्य के छ ? धोका किन, कहाँ र कोबाट भयो ? असफलता र कमजोरी के हुन् ? कुन कुराबाट के पायौँ । ऐन कानुन कहाँ भयो ? यी कुरा यी परिणाम र यी प्रमाण खोज्दै हामी अगाडि बढ्‌नैपर्छ ।

हिजो हाम्रा पुर्खालाई विभिन्न कुलका विभिन्न वंशका राजा भन्ने सामन्ती नेताले दुःख दिए आज क्रान्ति नामका, परिवर्तन नामका र सर्वहाराका मुक्तिदाताका नामका नेताले दुःख दिँदैछन् । हिजो पनि हामी दुःखी शासित थियौं, आज पनि दुःखी शासित छौं । करोडौं नेपालीको आक्रोश हो यो ।

यी सब हुनुमा मुख्य दोषी को हो ? यदि हामीले मुख्य दोषी, मुख्य शत्रु, मुख्य कमजोरी, मुख्य समस्या, मुख्य गल्ती, मुख्य विवाद, मुख्य कारण, मुख्य उपलब्धि, मुख्य कुरा, मुख्य विकास, मुख्य निकास, मुख्य आवश्यकता, मुख्य न्याय, मुख्य परिवर्तन, मुख्य जिम्मेवारी, जानेनौँ र बुझेनौँ भने अगाडि बढ्‌दैनौँ र सक्दैनौँ पनि । आज आएर यी ऐतिहासिक पानाहरू पल्टाउँदै जनताकाे विगत वर्तमान हेर्दा भोग्दा र सोच्दा ज्यादै दुःख लाग्छ र आशा पनि, किनकि प्रत्येक प्राणी आशावादी नै हुन्छ । जनताका जीवन जिउने सवालमा ।

 

केही थुप्रै प्रश्न गर्न मन लागिरहेको छ । हो, हिजो हाम्रा पुर्खालाई विभिन्न कुलका विभिन्न वंशका राजा भन्ने सामन्ती नेताले दुःख दिए आज क्रान्ति नामका, परिवर्तन नामका र सर्वहाराका मुक्तिदाताका नामका नेताले दुःख दिँदैछन् । हिजो पनि हामी दुःखी शासित थियौं, आज पनि दुःखी शासित छौं । करोडौं नेपालीको आक्रोश हो यो । देख्नु भएकै कुरा हाे याे ।

 

नेपालमा नेताजीवी नेताहरू धेरै जन्मिसकेका छन् । यी नेताहरूले हामीलाई फुक्र्याउन सम्म फुर्याएका छन् । देखाउन सम्म लोभपाप देखाएका छन् । यिनकै प्रलोभनमा परेर हामी जनता पनि पुतलीझै नाचिरह्यौँ नैताकै इसारामा ..?

 

अब तिम्रा झुठा आश्वासन र झुठा सपनामा सम्झ्नु छैन कोही । तिमीले गुमाएको इमानदारी र दिएको धोकाबाट आजसम्म नेपाली जनताले धेरै पाइसकेको छन् । अब कठिन परीक्षा लिने जिम्मा जनताको हुनेछ ।

 

केही तिमीले सिकाएका पनि छौ । धेरै सपना देखायौ । धेरै इच्छाहरू जगायौ। धेरै चाहनाहरू बढायौ । धेरै आवश्यकताहरू पहिल्याइ दियौ । धेरै अन्याय र अत्याचार भएको पाठ सिकायौ । नेपाली जनतालाई हिजो पनि दुःख थियो, आज पनि दुःख छ । हिजो पनि अन्याय थियो आज पनि अन्याय छ । हिजो अभाव थियो, आज पनि अभाव छ । हिजोको पुस्तालाई हिजोका नेताले ठगे आजका पुस्तालाई आजका नेताले ठगे तर नेतागण तिमी यो सत्यबोधलाई आरोप भन्छौ खाली र अपमान र अवमूल्यन गरियो हामीलाई भनी दुःखेसो पोख्छौ । किन भन्न सक्दैनौ हामीले धोका दियौँ हामी आफ्नै बाटोमा हिड्यौँ । दिएका खाएका आश्वासन, वाचा, प्रतिबद्धताहरू पूरा गरेनौँ भनेर । किन अझै पनि जनताकाे सोझोपन माथि खिल्ली उडाउँदैछौ । मात्र आरोप होइन यो । हिजो तिमीले हामी माझ छँदा भनेका थियौ हामी तपाई जनताकै गास, बास र कपासका लागि लड्यौं तर आज तिमीले आफ्नै गास, बास र कपासको ग्यारेन्टी गर्यौ ।

यो गुनासो सहिद, घाइते, अपाङ्ग र बेपत्ता परिवारको तर्फबाट । हिजो तिमीलाई स्वागत गर्ने गाउँ र गाउँले जनताहरू, हिजो तिम्रो सु-स्वास्थ्य दीर्घायुको कामना गर्नेहरू आज तिम्रो नाम सुन्न चाहँदैनन् गाँउमा ।

हिजो तिमीले समाजमा अन्याय, अत्याचार, दमन शोषण र उत्पीडन हटाउने भनेका थियौ तर आज तिम्रो मात्रै गुण्डाराजको शासन चल्दैछ । हिजो तिमीले महिलाका, दलितका, जनजातिका, सीमान्तकृतका उपेक्षितका अपहेलितका हक-अधिकार सुरक्षित गराउँछु भनेका थियौ तर आज तिमीबाटै बढीभन्दा बढी महिला दलित जनजाति सीमान्कृत उपेक्षित र अपहेलितहरू पीडित हुँदैछन् । हिजो तिमीले धनी र गरिब हुने छैनन् भन्यौ । सबै समान हुन्छन् भन्यौ । सबैलाई बराबर गरिने भन्यौ तर आज तिमी धनीहरूको मात्र पक्षपोषण गर्दै हिँड्‌छौ । आज धनीकै लागि सुख सुविधा धनीकै लागि सुरक्षा र धनीकै लागि सु-अवसर कायम गर्छौ तिमी । आज हामीले भन्दा धनीले मात्र भेट्न पाउँछ तिमीलाई । धनीहरूले अपनाउने रवाफिलो र भ‌ड्किलो जीवनशैली आज तिमीहरू अपनाउदैछौ । हिजो तिमीहरू सर्वहारावर्गको मुक्तिका लागि क्रान्ति गौँयाै जनयुद्ध गछौँ, जनविद्रोह गछौँ र जनताको जनवाद साम्यवाद ल्याउँछौँ भन्थ्यौ तर आज हामीले देखाई सक्यौँ तिमीहरूले कसको मुक्तिका लागि क्रान्ति गर्यौ जनयुद्ध र जनविद्रोह गर्यौ ?

 

नेता तिमीले सायद बिर्सिसक्यौ होला तर हामी जनता कहाँ बिर्सन सक्छौं । मुटुको खिल भई बसेका छन् मनभरि तनभरि । ती तिम्रा वाचाकसमहरू अझै पनि ताजै छन् हाम्रा आधार इलाकाका झुपडीहरूमा । प्रिय नेता । के तिमीले हिजो र आजलाई तुलना गर्न सक्छौ ? हिजोका तिम्रा प्रत्येक पल, प्रत्येक मिनेट, प्रत्येक घन्टा, प्रत्येक दिन, प्रत्येक महिना, प्रत्येक वर्ष, आजका तिम्रा प्रत्येक पल, मिनेट, घन्टा, दिन, महिना, वर्षलाई तुलना गरेका छौँ फरक देखेका छौँ । किन बदलियौ यति ? यो वेदना, यो गुनासो सहिद, घाइते, अपाङ्ग र बेपत्ता परिवारको तर्फबाट । हिजो तिमीलाई स्वागत गर्ने गाउँ र गाउँले जनताहरू, हिजो तिम्रो सु-स्वास्थ्य दीर्घायुको कामना गर्नेहरू आज तिम्रो नाम सुन्न चाहँदैनन् गाँउमा । हिजो तिम्रा मुक्तिका कुरा सुनेर मख्ख पर्ने बुढी आमा र बुढाबाहरू आज आक्रोशले जलेका छन् । हिजो तिम्रो भरोसा मान्नेहरू तिमीलाई गाली गरिरहेका छन् । हामीलाई के थाहा तिमी त अच्चम्मका जादुगरी पो रहेछौ । कति नाटक गर्न जानेका ।

 

नेता तिमीले त्यतिबेला हाम्रो सामु देखाएको हिमाल भन्दा अग्लो र अटल साहस आज कता गयो ? जस्तै परे पनि चट्टान जस्तै बन्थ्यौ तर आज फर्सी भई फतफती कुहिरहेका छौ । हिजो तिमीले वीर बन्न सिकायौ हामी वीर बन्यौँ। हिजो तिमीले बलिदानी गर्न सिकायौ, हामीले बलिदानीका हजारौं कोटा चुक्ता गर्‍यौँ। हिजो सागर बन भन्यौ, हामी सागर बन्यौँ । हिजो नदी भई बग्न सिकायौ, हामी नदी भई बग्यौँ तर तिमी त समय क्रम सँगै बदलियौ । यति बदलियौ कि आज तिमीलाई हामीले चिन्नै छोड्‌यौँ। हिजो के भन्ने र गर्ने गरेका थियौ ? आज के भन्ने र गर्ने गर्छौ हामीलाई । सम्झिंदा मात्र लाज र घीन लाग्छ । नेपाली आमाले तिमीजस्ता कुपुत्र र भ्रष्टाचारी पनि जन्माइन् । धन्य नेपाली आमा ।

लेखक भेरी नगरपालिका -२, जाजरकोटका स्थायी बासिन्दा हुन् ।

मङ्गलबार, चैत १९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी
लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी
सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य
विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश
एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

लोकप्रिय

  • १.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • २.
    परिवर्तनको भारी बोक्न जनता तयार रहेको शर्माको भनाइ

  • ३.
    प्रगतिशील लोकतान्त्रिक पार्टीले युवा भेला गर्दै

  • ४.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • ५.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ६.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

भर्खरै

  • १.
    कम्युनिस्ट एकताको आवश्यकता र जिम्मेवारी

  • २.
    लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि

  • ३.
    कम्युनिस्ट एकता दीर्घकालीन हुने दाहालको दाबी

  • ४.
    सुर्खेतमा नेता नेपालको आह्वानः संविधान र गणतन्त्र रक्षाका लागि कम्युनिस्ट एकता अपरिहार्य

  • ५.
    विराटनगरलाई पराजित गर्दै लुम्बिनी लायन्स फाइनल प्रवेश

  • ६.
    एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बिच प्रतिस्पर्धा

  • ७.
    एनपीएलको दोस्रो संस्करण : विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश

  • ८.
    एनपीएल : पहिलो क्वालिफायर सुदूरपश्चिम र विराटनगर बिच हुँदै

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमरराज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता –  

संवाददाता –

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2025 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.