रुकुम पश्चिम -६, चैत ।
Advertisement
प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रीकेट प्रतियोगितामा मधेश प्रदेशले आर्मीलाई पराजित गरेको छ । दाङको लमही क्रीकेट मैदानमा आज भएको खेलमा मधेशले आर्मीलाई तीन विकेटले पराजित गरेको हो ।
आर्मीले दिएको २ सय १८ रनको प्रतिस्पर्धात्मक लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । मधेशको जितमा कप्तान अनिल साहले सर्वाधिक ४५ रन जोडेका हुन् । उनले ४८ बलको सामना गर्दै ७ चौका प्रहार गरेका थिए ।
आजको जितसँगै मधेश प्रदेशले पीएम कपको इतिहासमा त्रिभुवन आर्मी पराजित गर्दै पहिलो पटक जित हासिल गरेको छ ।
आजको हार पछि पनि आर्मी ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ । विजयी मधेशले भने पाँचौ खेलमा दोस्रो जित हात पारेको छ ।