रुकुम पश्चिम -१२, असोज ।
Advertisement
जिल्लाको त्रिवेणी गाउँपालिकामा तीन नाल बेवारिसे अवस्थामा अवैध भरुवा बन्दुक फेला परेको छ । वडानम्बर -२, पेदिखेत स्थित ढुङ्गाको ओडार भित्र बोराले लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार तीन नाल भरुवा बन्दुक फेला पारी रितपूर्वक बरामद गरिएको छ । प्रहरीले काठको बट देखि नालको टुप्पो सम्म ४ फिट ७ ईन्च लामो भरुवा बन्दुक एक नाल, काठको बट देखि नालको टुप्पो ४ फिट ३ इन्च लामो भरुवा बन्दुक एकनाल र काठको बट देखि नालको टुप्पोसम्म ४ फिट ४ इन्च लामो भरुवा बन्दुक एक नाल फेला पारेको बताएको छ ।
बेवारिसे मा फेला पारिएका भरुवा बन्दुकको हकमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाइ छ ।