रुकुम पश्चिम -९, असोज ।
Advertisement
नेपालको राष्ट्रिय पुरुष क्रिकेट टिमले आज एसियाली खेलकुदमा अफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बिहान १०:४५ बजेदेखि जापानको कोरोगी स्पोर्ट्स पार्क स्टेडियममा सुरु हुनेछ ।
जारी २०औँ एसियाली खेलकुदमा नेपालले अफगानिस्तानसँग क्रिकेटको समुह चरणको पहिलो खेल खेल्दै छ । नेपाली क्रिकेट टिम अफगानिस्तानलाई हराउने लक्ष्यका साथ मैदानमा उत्रने छ ।
नेपालले समूह चरणको अर्को खेल शनिबार बिहान जापानसँग खेल्ने तालिका रहेको छ ।