रुकुम पश्चिम -९, असोज ।
Advertisement
नेपालको राष्ट्रिय पुरुष क्रिकेट टिमले आज एसियाली खेलकुदमा अफगानिस्तालाई पाँच विकेटले पराजित गरेको छ । जापानको कोरोगी स्पोर्ट्स पार्क स्टेडियममा भएको खेलमा १७ ओभर २ बलमा लक्ष्य पूरा गर्दै नेपालले जित दर्ता गरेको हो
टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ३ रनको लक्ष्य दिएको थियो । नेपालले पाँच विकेटको क्षतिमा उक्त लक्ष्य पुरा गर्दै समुह चरणको पहिलो खेलमा जित दर्ता गरेको छ ।
नेपालको ब्याटिङ तर्फ सन्दिप जोराले ३४ र रोहित पौडेलले ३३ रन बनाए ।
अब नेपालले समूह चरणको अर्को खेल शनिबार बिहान जापानसँग खेल्ने तालिका रहेको छ ।