रुकुम पश्चिम -७, असोज ।
Advertisement
जिल्ला भलिबल संघ रुकुम पश्चिमको अध्यक्षमा भिम बहादुर विक चयन भएका छन् । केही दिन अगाडि मुसिकोटमा सम्पन्न तेस्रो साधारण सभाबाट बिकको नेतृत्वमा भलिबल संघ चयन भएको हो ।
भलिबल संघको उपाध्यक्षमा गणेश शाही, यमन बाँठा मगर र सचिवमा प्रकाश विक चयन भएका छन् ।
आदित्य कुमार मल्ल कोषाध्यक्षमा चयन भएका छन् । जिल्ला भलिबल संघको तेस्रो साधारण सभाबाट १३ सदस्य कार्यसमिति चयन भएको छ ।