• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

स्यार्पु दहमा १६औँ पर्यटन मेला तथा प्रथम युनाइटेड कप हुँदै

रुकुम पश्चिम -४, असोज ।

Advertisement

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -३, स्यार्पु दहमा १६औँ स्यार्पु दह पर्यटन मेला तथा प्रथम स्यार्पु दह युनाइटेड कप -२०८३ आयोजना हुने भएको छ । स्यार्पु दह युनाइटेड युवा क्लब तथा वडा खेलकुद, बाँफिकोट गाउँपालिका -३ को आयोजनामा आगामी असोज ११ गतेदेखि १७ गतेसम्म मेला तथा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

मेलामा पुरुष भलिबल, महिला भलिबल, पुरुष ब्याडमिन्टन, पौडी, रस्साकस्सी र घैँटोफोर लगायतका प्रतियोगिता सञ्चालन गरिनेछ । प्रतियोगितामा सहभागी खेलाडी तथा टोलीलाई कप, मेडल र प्रमाणपत्रसहित आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको स्यार्पु दह युनाइटेड युवा क्लबका अध्यक्ष आदित्य मल्लले जानकारी दिए ।

मल्लका अनुसार पुरुष भलिबल प्रतियोगिताको विजेताले एकलाख ५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले ७० हजार ५ सय ५५ रुपैयाँ र तृतीय हुने टोलीले ४० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । पुरुष भलिबलका लागि टिम दर्ता शुल्क १० हजार रुपैयाँ तोकिएको छ ।

त्यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार ५ सय ५५ रुपैयाँ, द्वितीयले २२ हजार ५ सय ५५ रुपैयाँ र तृतीयले १५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउनेछन् । महिला भलिबलको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

पुरुष ब्याडमिन्टनतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः २० हजार, १२ हजार र ६/६ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । पौडी, रस्साकस्सी र घैँटोफोर प्रतियोगितामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

आयोजकले प्रतियोगितालाई स्वच्छ वडा स्तरीय खेलकुदका रूपमा सञ्चालन गरिने जनाएको छ । खेलाडी अनिवार्य रूपमा खेल पोशाकमा उपस्थित हुनुपर्ने, परिचय खुल्ने सक्कल प्रमाणपत्र पेश गर्नुपर्ने तथा खेलका क्रममा विवाद उत्पन्न भएमा आयोजक र रेफ्रीको निर्णय अन्तिम हुने नियम राखिएको छ ।

आयोजकका अनुसार टिम दर्ता असोज १० गतेसम्म गर्न सकिनेछ भने खेल असोज ११ गते बिहान १० बजेदेखि सुरु हुनेछ । टिम दर्ता फोन मार्फत पनि गर्न सकिने व्यवस्था गरिएको छ ।

स्यार्पु दह युनाइटेड युवा क्लब तथा वडा खेलकुद, बाँफिकोट -३, रुकुम पश्चिमले जिल्लाका खेलाडी तथा खेलप्रेमीहरूलाई प्रतियोगितामा सहभागी भई मेलालाई सफल बनाउन आग्रह गरेको छ ।

आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.