• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

पशुपालन व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न

रुकुम पश्चिम -२, असोज ।

Advertisement

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा समूहका सदस्यहरूका लागि पशुपालन व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । सहास नेपाल र ग्रामीण युवा सरोकार केन्द्रको साझेदारीमा सञ्चालित होप परियोजनाको आयोजना तथा बाँफिकोट गाउँपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो ।

समूहका सदस्यहरूको पशुपालन व्यवस्थापन सम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गरी उत्पादनशील, व्यावसायिक तथा जलवायु उत्थानशील पशुपालन प्रणालीको विकास गर्ने उद्देश्यले तालिम आयोजना गरिएको होप परियोजनाका जलवायु न्याय अधिकृत टेकेन्द्र नेपालीले जानकारी दिए ।

तालिममा सहभागीहरूलाई पशुपालन व्यवस्थापनको परिचय, वर्तमान अवस्था, सम्भावना तथा प्रमुख चुनौतीका विषयमा जानकारी गराइएको थियो । साथै पशु आवास, आहारा, पानी, चरन तथा गोठ व्यवस्थापनका उपयुक्त अभ्यासहरूबारे पनि प्रशिक्षण दिइएको थियो ।

त्यसैगरी पशु स्वास्थ्य व्यवस्थापन, पशुमा लाग्ने प्रमुख रोगहरूको पहिचान तथा रोकथाम, जैविक सुरक्षा, प्रजनन तथा उत्पादन व्यवस्थापन, पशुजन्य उत्पादनको मूल्य अभिवृद्धि र बजार व्यवस्थापनका विषयमा समेत सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो ।

तालिमको अन्त्यमा सहभागीहरूले पशुपालन व्यवस्थापनसँग सम्बन्धित आफ्ना जिज्ञासा तथा समस्याहरू राखेका थिए । सहभागीहरूको प्रश्न तथा जिज्ञासामाथि छलफल गर्दै प्रशिक्षकहरूले आवश्यक जानकारी तथा समाधानका उपायहरू प्रदान गरेका थिए ।

तालिमबाट सहभागीहरूमा पशुपालन व्यवस्थापन, पशु आवास, आहारा, पानी, चरन तथा गोठ व्यवस्थापनका साथै पशु स्वास्थ्य, रोग पहिचान तथा रोकथामसम्बन्धी ज्ञान र सीपमा अभिवृद्धि भएको बताइएको छ । साथै प्रजनन तथा उत्पादन व्यवस्थापन, पशुजन्य उत्पादनको मूल्य अभिवृद्धि र बजार व्यवस्थापनबारे समेत सहभागीहरू थप जानकार भएका छन् ।

तालिममा बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनकुमार बाँठा तथा निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्का लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण बाँफिकोट गाउँपालिकाको पशु सेवा शाखाका प्रमुख कृष्णबहादुर खत्री, पशु स्वास्थ्य प्राविधिक सविन बुढाथोकी र पशु स्वास्थ्य प्राविधिक जोगबहादुर विष्टले गरेका थिए ।

तालिमले समूहका सदस्यहरूलाई पशुपालनलाई व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउन आवश्यक ज्ञान तथा सीप प्रदान गर्नुका साथै उत्पादन र आम्दानी वृद्धि तथा जलवायु उत्थानशील पशुपालन प्रणाली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको जलवायु न्याय प्राविधिक दिपेन्द्र महताराले जानकारी दिए ।

शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.