रुकुम पश्चिम -१, असोज ।
Advertisement
रुकुम पश्चिममा एक सुत्केरी महिलालाई हेलिकोप्टर मार्फत आज सुर्खेत पठाइएको छ । त्रिवेणी गाउँपालिका वडानम्बर -१, निवासी मिना केसीलाई सुर्खेत पठाइएको हो ।
स्वास्थ्य सेवा कार्यालय सल्लेको आकस्मिक कक्षमा भर्ना भएकी केसीको अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
उनलाई महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, राष्ट्रिय महिला सशक्तिकरण परियोजना मार्फत उपलब्ध हुने हेलिकोप्टरको व्यवस्था मिलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।