रुकुम पश्चिम -३०, साउन ।
Advertisement
रुकुम पश्चिमको भेरी नदी किनारमा एकजना पुरुष व्यक्तिको शव फेला परेको छ । सानीभेरी गाउँपालिका वडानम्बर -१, को भेरी दोभान स्थित भेरी नदी किनारमा पहिचान हुन नसकेको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार आज बेलुकी नामथर बतन नखुलेको अन्दाजी २८/३० वर्षको देखिने पुरुष व्यक्तिको शव फेला परेको छ । प्रहरीलाई सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौरजारी र प्रहरी चौकी पूर्तिमकाँडाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
तर सनाखतको लागि आफन्तको खोजी गर्दा तत्काल सनाखत हुन नसकेकाले प्रारम्भिक अनुसन्धानपछि पहिचान नखुलेको शव परीक्षणका लागि सल्ले स्थित शव गृहमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।