• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य
  • विचार
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • भिडियो
×
बुधबार, असोज २१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • विचार
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • भिडियो

भर्खरै

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

नेपाल क्वार्टर फाइनल प्रवेश

नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

नेपालले अफगानिस्तानको सामना गर्दै 

लोकप्रिय समाचार

  • १. रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २. कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३. लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४. स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५. शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम

प्रहरी कार्यालय मार्फत गत आर्थिक वर्षका सम्पादित कार्यको प्रगति विवरण सार्वजनिक

रुकुम पश्चिम -१७, साउन ।

Advertisement

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गत आर्थिक वर्ष २०८२/८३ मा सम्पादित कार्यको प्रगति विवरण आज सार्वजनिक गरेको छ । कार्यालयले अपराध अनुसन्धान तथा नियन्त्रण देखि शान्ति सुरक्षा तर्फका सम्पादित कार्यको प्रगति विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रगति विवरण अन्तर्गत गत आर्थिक वर्षमा २ सय २३ वटा मुद्दा दर्ता भएकोमा एकसय २० वटा फर्छ्यौट गरिएको प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले बताए । प्रहरीले जघन्य तथा गम्भीर अपराध, महिला बालबालिका तथा जेष्ठ नागरिकसँग सम्बन्धित अपराध, आर्थिक अपराध र अन्यतर्फका मुद्दाको विवरण पनि सार्वजनिक गरेको छ ।

त्यस्तै गत आर्थिक वर्षमा ७८ जना फरार प्रतिवादी पक्राउ गरेर एक लाख ६० हजार जरिवाना असुल गरी ६२ वर्ष ८ महिना ४ दिन कैद सजाय असुल गरिएको छ । प्रहरीले चालु मुद्दा तर्फका एकसय ३९ जना प्रतिवादी पनि पक्राउ गरिएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालयमा लागू औषध बरामद सम्बन्धीका आठवटा मुद्दा दर्ता भई १७ जना पक्राउ परेका छन् ।

त्यसैगरी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ एक वर्षको अवधिमा एकसय ३९ जना मानिस हराएकोमा तीनजना अझै फेला पर्न बाँकी रहेका छन् । प्रहरी कार्यालयमा घरेलु हिंसा सम्बन्धी र ठाडो उजुरीका मुद्दा पनि दर्ता भएको र ठाडो उजुरीका सबै मुद्दा फर्छ्यौट भएको प्रहरीले बताएको छ ।

गत आर्थिक वर्षमा नदीजन्य पदार्थ ओसारपसारका १७ वटा सवारी साधन नियन्त्रणमा लिएर जरिवाना समेत गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम, नागरिक सुनुवाई तथा सीमान्तकृत, अल्पसंख्यक र पिछडिएका वर्ग लक्षित कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।

यस प्रहरी कार्यालयले आगामी योजना तथा रणनीति अन्तर्गत जिल्लाका ६ वटै स्थानीय तहसँग सहकार्य एवं समन्वय गर्ने भएको छ । उक्त योजना अन्तर्गत मनोचिकित्सक सहितको टोली खटी आत्महत्या न्यूनीकरणको लागि मनोसामाजिक सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

त्यस्तै प्रहरीले लागू औषध उत्पादन, बिक्री वितरण र दुर्व्यसनी नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र उक्त कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रभावकारी जनशक्ति परिचालन गर्ने योजना बनाएको छ ।

आइतबार, साउन १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण
शान्ति सुरक्षा र सामाजिक सचेतनाका लागि अन्तरक्रिया कार्यक्रम
रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 
लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 
कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 
रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

लोकप्रिय

  • १.
    रुकुम पश्चिममा नेपाली कांग्रेस (चुनदेवी) कार्यालय स्थापना 

  • २.
    कर्णाली प्रदेश भलिबल संघको अध्यक्षमा शाही निर्वाचित 

  • ३.
    लागु औषध (ब्राउन सुगर) जस्तो देखिने पदार्थ सहित एकजना पक्राउ 

  • ४.
    स्वास्थ्य संस्थालाई सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सामग्री वितरण

  • ५.

  • ६.
    रुकुम पश्चिममा भरुवा बन्दुक फेला 

  • ७.
    नेपाल क्वार्टर फाइनल प्रवेश

  • ८.
    नेपालले पाँच विकेटले अफगानिस्तानलाई हरायो

हाम्रो बारेमा

सुधार मल्टिमिडिया प्रालिद्वारा सञ्चालित सुधार न्युज (sudharnews.com) मुसिकोट नगरपालिका -१, बागबजार रुकुम पश्चिम ।

सूचना विभाग दर्ता नं. : ४९०१-२०८१/८२ प्रेस काउन्सिल सूचीकृत नं. : ४८९९-२०८१/८२

हाम्रो टीम

संचालक तथा सम्पादक – अमर राज पुन

उप सम्पादक – भरत चन्द

संवाददाता – प्रेमराज पुन

संवाददाता – दिपेन्द्र महतारा

आइटी प्रमुख – बिरस सुनार

सम्पर्क

Phone Number
9857821362/9848215746
Email
sudharnews62@gmail.com

Copyright ©2026 Sudhar News | All rights Reserved.
 Website By :  nwTech.