रुकुम पश्चिम -३०, जेठ ।
हेर सरकार,
मेरो देश नेपाल भन्न पाउँदा
गर्वले छाती कति चौडा हुन्छ
त्यसको बयान सायद कमै होला ।
सुन्दरताले भरिपूर्ण मेरो देश नेपाल
त्यसैमा कति आकर्षणरुपि बनेको
साच्चै ! यथार्थमा मेरो देश नेपाल ।
विडम्बना हेर,
नेपाली आमाको छाती पराईले च्यातिरहँदा
तिमी आजसम्म पनि मुखदर्शक भइरहँदा
एक-एक नेपालीपनको आत्मा
कस्तो तरंग प्रसार भैरहेछ होला हेर त?
तिमी किन निर्लज्ज भइ भ्रम फिजाइ रहेछौ
सिमा सुरक्षा अनेक कूटनीतिको कुरा गरेर
तिम्रा देशका रक्षक सेना, सशस्त्र बल के गर्दै छन्य,
यस्ता वीर बलवानको के अर्थ भो र ?
जहाँ आमाको छाती बचाउन सक्दैनौ भने ।
कठै हेर,
मेरो बोलीको कुनै लोली छैन होला
पाखा पखेरीमा बसेको निमुखा मान्छे
कति पिडाले पिरोली रहन्छ छट्पटीमा
देशका सिमाको कथा कहानी सुन्दा
आज हाकाहाकी इन्डियाको कुनियतले
सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरा
कयौं सिमा क्षेत्रमा जमिन हडप्ने, लुट्ने
निमुखा निहत्था जनता आतङ्कित भइ
शान्तिबिना रोदनमा बाच्न परेको छ ।
सरकार ! किन तिमी डटेर अगाडि बड्न सक्दैनौ ।
बिन्ती हेर,
सरकार तिमी यस्तो खेल खेल्ने गर
जुन आमाको सधैं हितमा होस्
अब ऎतिहासिक निचोडमा जाउ
जसले समृद्धिको छलाङ आउने होस्
देश कसैको प्रयोगशाला बन्ने होईन
वीरताको महिमा गान गर्ने जसले पनि
सुन्दर देश नेपालको जहाँ पहिचान देउ ।