रुकुम पश्चिम -२०, जेठ ।
अमेरिकाको न्यु जर्सी राज्यको जर्सी सिटीले समाजसेवी तथा ग्रेटर जर्सी नेपाली समाजका सचिव हरि गौतमलाई सम्मान गरेको छ । समाजले एसियाली अमेरिकी र प्रशान्त टापुवासी समुदायको (AAPI) विशेष कार्यक्रमको अवसर पारेर केही दिनअघि सम्मान गरेको हो ।
जर्सी सिटीबाट प्राप्त यो सम्मान नेपाली समुदायका लागि गर्व र खुसीको विषय भएको सम्मानित गौतमले बताए । उनलाई जर्सी सिटीले समाजसेवा, सामुदायिक नेतृत्व तथा नेपाली समुदायको उत्थानमा पुर्याएको महत्वपूर्ण योगदानको कदर स्वरूप सम्मान प्रदान गरेको बताइएको छ ।
गौतमले नेपालमा रहँदा पनि सामाजिक सेवा तथा फार्मेसी क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएका थिए । हाल अमेरिकामा रहँदा समेत उनले विभिन्न सामाजिक तथा परोपकारी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
गौतमले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा स्थापना गरिएको अक्षय कोष मार्फत शिक्षा तथा सामाजिक क्षेत्रमा सहयोग पुर्याउने कार्यलाई निरन्तरता समेत दिने गरेका छन् ।
समुदायप्रति उनको समर्पण, नेतृत्व क्षमता र सामाजिक योगदानको उच्च मूल्यांकन गर्दै जर्सी सिटीले गरेको यो सम्मान नेपाली समुदायका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।
रुकुम पश्चिम जिल्लाका गौतम वैधानिक रूपमा अमेरिका पुगेको एक दशक बढी भइसकेको छ ।