रुकुम पश्चिम -२९, वैशाख ।
Advertisement
आइसिसी विश्व कप लिग टु अन्तर्गत टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा स्कटल्यान्डले नेपाललाई पराजित गरेको छ । स्कटल्यान्डले नेपाललाई दुई रनले पराजित गरेको हो ।
टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो । तर वर्षाका कारण डिएलएस मेथडमा नेपालले ३९ ओभरमा २ सय २१ रनको टार्गेट पूरा गर्न सकेन । निर्धारित ओभरमा सात विकेट गुमाएर नेपालले २ सय १८ रन मात्र बनाउन सक्यो ।
आजको जितसँगै स्कटल्यान्डले अङ्क तालिकामा दुई अङ्क थप्दा नेपाललाई भने घाटा भएको छ ।
आजबाट सुरु भएको एक दिवसीय लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालसँगै स्कटल्यान्ड र अमेरिका प्रतियोगितामा सहभागी छन् ।