रुकुम पश्चिम -२६, फागुन ।
Advertisement
आजदेखि काठमाडौँमा सुरु हुने भनिएको आईसीसी विश्व क्रिकेट लिग -२ का खेलहरु स्थगित भएका छन् । मध्य पूर्वको वर्तमान अवस्थालाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म विश्व क्रिकेट लिग -२ को खेल स्थगित भएका हुन् ।
नेपालसँगै ओमान र युएईले खेल्ने खेलहरु स्थगित भएपछि अब थप परामर्शपछि मात्रै आगामी दिनमा पुनः लिग -२ का खेलहरू खेलाइने छ । उक्त खेलका लागि निर्धारित मितिको घोषणा गरिने छ ।
लिग चरणको अङ्क तालिकामा नेपालले हालसम्म २० वटा म्याच खेल्दा ५ मा जित र १३ मा हार व्यहोर्दै सातौं स्थानमा छ । एकदिवसीय विश्वकपमा छनोट हुन नेपालले बाँकी सबै खेलहरु जित्नै पर्ने दबाब छ ।