रुकुम पश्चिम -२२, फागुन ।
Advertisement
रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्यमा पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लिलामणि गौतमलाई पछि पार्दै १० हजार २ सय ४० मत प्राप्त गर्दै प्रचण्ड विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी गौतमले ३ हजार ४ सय ६२ मत मात्र प्राप्त गरे । नेपाली कांग्रेसका कुसुमदेवी थापालाई ३ हजार ८१ मत प्राप्त भयो ।
बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुकुम पूर्वमा १९ हजार १ सय ८८ मत खसेको थियो ।
यसपटकको निर्वाचनमा रुकुम पूर्वबाट ११ जना उम्मेदवार प्रतिस्पर्धामा होमिएका थिए ।